नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8258 · वि.सं. २०६६

नि.नं. 8258 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§  यसमा स्वाभाविक मानवीय भावना र संवेदनशीलता जस्ता कुराहरू पनि विचारणीय हुन्छन् । प्रतिवादीकै मृतकको कार्यले प्रतिवादीले आत्मनियन्त्रण गुमाउने परिस्थितिको अवस्था थियो कि थिएन भन्ने कुरा गणितीय हिसावमा मापन गर्न नसकिए पनि यस्तो कुरा कुनै घटनाको प्रकृति र परिस्थितिद्वारा निर्धारण गरिने कुरा हो । क्रियाकलापको कारण अथवा प्रतिवादीले नै पहिला मृतकलाई उत्तेजित पारी मृतकको प्रतिक्रियात्मक गतिविधिबाट आवेशको अवस्था उत्पन्न गराउने क्रिया सिर्जित भएमा त्यस अवस्थालाई तत्काल उठेको रिस अथवा तात्कालीन आवेशको संज्ञा दिन नमिलने । (प्रकरण नं.११) § आफ्नो इच्छित कार्यबाट उत्पन्न भएको परिणामलाई अनिच्छाको वा वेहोशीको अवस्थामा गरिएको कार्यको रुपमा हेर्न मिल्दैन । सचेत अवस्थामा आफूले गरेको कुनै कार्यले खराव परिणाम निकाल्न सक्छ भन्ने जान्दाजान्दै पनि सो कार्यमा तल्लीन भई खराव परिणाम उत्पन्न भएमा त्यसको जवाफदेहीता पनि निजले नै बहन गर्नुपर्ने । § आफ्नो स्वेच्छाले मादक पदार्थ सेवन गरेको र सो सेवनसमेतको असरबाट थप उत्तेजित भई मृतकलाई अन्धाधुन्ध कुटपीट गरेको कार्यबाट मृत्यु भएको हुँदा त्यस्तो अपराधलाई मनसायप्रेरित हत्याकै कोटीमा राखेर हेर्नुपर्ने । § सामान्य समझबुझको व्यक्तिले नशा हुने मादक पदार्थसमेत सेवन गरी वा नगरी गरेको कसूरको लागि ऐनबमोजिम हुने सजायको भागी पनि सोही व्यक्ति बन्नुपर्ने । § मादक पदार्थको सेवनबाट अपराधको प्रकृतिमा अन्तर नआउने र सजायमा छुटको आधार बन्न नसक्ने । (प्रकरण नं.१३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8258
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2066/07/12
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8258
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्