नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8255 · वि.सं. २०६६
नि.नं. 8255 — पुनरावलोकन गरी हेरिपाऊँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अन्य मुद्दामा के कस्तो वतन उल्लेख गरिएको थियो र त्यसमा के आधारमा म्याद तामेल भएको थियो भन्ने जस्ता कुराहरू तुलना गरेर न्याय निरुपण गर्न संभव नहुने। (प्रकरण नं.५) § एउटा आधिकारिक निकायबाट जारी गरिएको र तामेल भएको म्याद तामेलीका सम्बन्धमा कानूनले निश्चित गरेको प्रक्रिया पूरा गरी बदर नगराएसम्म त्यस्तो म्यादको वैधानिक हैसियतमा प्रश्न उठाउन नमिल्ने । § एक पटक जारी भएको म्यादको वैधता कायम रहँदासम्म अर्को म्याद जारी हुने वा अर्को म्याद क्रियाशील हुने गरी व्याख्या गर्नु न्यायोचित हुँदैन र त्यस्तो व्याख्याले अन्यौल, अनिश्चय र वेथितिको सम्भावनालाई बढावा दिने । (प्रकरण नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8255 |
|---|---|
| मुद्दाको विषय | पुनरावलोकन गरी हेरिपाऊँ । |
| निर्णय वर्ष / मिति | 2066/10/21 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री अबधेशकुमार यादव |
| मुद्दा नं. | ०६६-NF-०००५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६६, नि.नं. 8255 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
