नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8256 · वि.सं. २०६६

नि.नं. 8256 — पुनरावलोकन गरी हेरिपाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कुनै सम्पत्ति बण्डा लाग्ने हो होइन भन्ने प्रश्नको निरुपण गर्नुपर्दा त्यसको इतिहास केलाउन पर्ने हुन्छ । त्यो सम्पत्तिको आर्जनको स्रोत बारेमा अध्ययन गरेर मात्र न्यायिक निष्कर्षमा पुग्नु पर्ने हुन्छ । सम्पत्ति सगोलको अंशियारको नाममा रहनु नै सो स्वतःबण्डा हुने प्रकृतिको रहेछ भन्ने अर्थ गर्न नमिल्ने । § एउटै लिखतमा लेखिएका ब्यहोराले समान कानूनी महत्त्व राख्दछन् । त्यसमा उल्लिखित कुनै कुरा कार्यान्वयन हुने र कुनै कुरा कानून प्रतिकूल नै रहेको अवस्थामा बाहेक कार्यान्वयन नहुने भन्न नमिल्ने । (प्रकरण नं.२) § फिराद खारेज हुनुको अर्थ फिराद दावी अस्वीकृत हुनु हो । एकपटक अदालतबाट अस्वीकृत भइसकेको तथ्य र माग अर्को मुद्दाको जरियाबाट पुनस्र्थापित हुन नसक्ने । (प्रकरण नं.१०) § वृद्धावस्थामा आफूलाई इच्छा लागेको दानपुण्य, धर्मकर्म गर्न तथा औषधोपचार गराउन र राम्रोसँग स्याहार–सुसार प्राप्त गर्न पनि सम्पत्ति उपभोगसम्बन्धी स्वविवेकीय कानूनी अधिकार दिइनु र सोको संरक्षण गरिनु अपरिहार्य छ । यस्तो अधिकारमा अंकुश लगाउनु न्यायोचित नहुने । § कानूनले बन्देज नै लगाएको अवस्थामा बाहेक जेष्ठ नागरिकका कानूनी हकमा अदालतले उदार कानूनी व्याख्याको नीति अवलम्बन गर्नुंपर्ने । § आफुमा अन्तरभूत रहेको साम्पत्तिक हकलाई बृद्धवृद्धा, जेष्ठ नागरिकले हस्तान्तरण गर्न पाउने कुरालाई प्रचलित कानूनले संरक्षण गरिआएकै छ । कानूनले प्रदान गरिआएका जेष्ठ नागरिकका हकहरूलाई प्रत्यक्ष वा परोक्ष रुपमा बन्देज लगाउनु न्यायसंगत नहुने । (प्रकरण नं.१२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8256
मुद्दाको विषयपुनरावलोकन गरी हेरिपाऊँ ।
निर्णय वर्ष / मिति2066/07/19
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री प्रकाश वस्ती
मुद्दा नं.२०६५-NF-०२०
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8256
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्