नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8257 · वि.सं. २०६६

नि.नं. 8257 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कुनै सेवाका लागि निश्चित योग्यता वा क्षमताको आवश्यकता पर्ने गरी शर्तहरू तोक्न नपाउने र जोसुकैले पनि निर्वाध रुपमा सेवा प्रवाह गर्न पाउनुपर्ने भन्ने कुराले गुणस्तरीय सेवा प्रवाहको संभावनालाई निस्तेज तुल्याउने र प्रतिस्पर्धात्मक आर्थिक क्रियाकलापमा पनि अबरोध सिर्जना गर्ने । (प्रकरण नं.३) § कुन पेशा व्यवसायका लागि के कस्तो योग्यता, दक्षता वा अनुभवको आवश्यकता पर्दछ भन्ने जस्ता कुरा सम्बन्धित विषयको प्रकृतिसँग सापेक्षित हुने । (प्रकरण नं.५) § सार्वजनिक रुपमा खरीद गरिने कुनै सेवाको स्तर, वाञ्छनीयता, विश्वसनीयता, गुणात्मकता र क्षमता आदि कुराहरूको उपेक्षा गरी जसले जस्तो सेवा दिए पनि ग्रहण गर्नुपर्ने बाध्यता सार्वजनिक खरीद ऐनको उद्देश्य हुन सक्दैन । अनि व्यापार, पेशा, रोजगार गर्नेहरूले उपर्युक्त सबै कुराको उपेक्षा गरी निर्वाध रुपमा सेवा प्रदान गर्न पाउनु पर्ने र सार्वजनिक सेवा खरीदकर्ताहरूले त्यस्तो सेवा ग्रहण गर्नुपर्ने भन्ने पनि संविधानको धारा १२ को मनसाय मान्न नसकिने । (प्रकरण नं.६) § सेवा प्रदायकहरूको व्यावसायिक मान्यता र स्तरीय सेवाको अपेक्षालाई सुनिश्चित गर्ने गरी सेवाग्राहीहरूले कुनै मापदण्ड निर्धारण कानून वा नीतिको आधारमा गर्दछ भने त्यो कानून, न्याय र औचित्यको आधारमा समेत स्वीकार्य हुन्छ । कुनै व्यावसायलाई सार्वजनिक आवश्यकता र औचित्यको आधारमा सेवाग्राही सार्वजनिक निकायले सदाशयपूर्वक कुनै शर्त तोकेकोलाई सेवा प्रदायकले अन्यथा अर्थ गरी सेवा प्रदान गर्ने विषयलाई आफ्नो शर्तको अधीनमा राख्न खोज्नु सर्वथा स्वीकार्य नहुने । (प्रकरण नं.७) § समानता भनेको समानहरूका बीचको समानता हो, अर्थात् समान रुपले सक्षमहरू बीचको प्रतिस्पर्धामा कुनै प्रकारले अबरोध सिर्जना नगर्ने गरी सुनिश्चित गरिएको समानता हो । त्यसलाई सक्षम र असक्षमबीचको भेदभावविहीनताको अवस्था मान्न सकिँदैन । समान हुनु भनेको समान रुपले सक्षम हुनु पनि हो, त्यस्तो सक्षमता नभएकाले समान रुपले प्रतिस्पर्धा गर्न पाउनु पर्ने भनी दावी गर्न नमिल्ने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8257
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2066/08/25
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तपबहादुर मगर | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री रणबहादुर वम
मुद्दा नं.०६६-WS-०००७
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8257
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्