नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8273 · वि.सं. २०६६
नि.नं. 8273 — लेनदेन
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ सबै अदालतमा आफैंले मुद्दा दायर गरेको अवस्थामा तथ्यहरूका बारेमा वादीमा शुरु अनभिज्ञताको स्थिति नै रहँदैन र मुद्दामा फैसला हुँदा मात्र आफू बेरुजू भएको भन्दैमा फैसलाको नक्कल लिन आफैंले निवेदन दिएपछि पनि फैसलाको जानकारी नभएको भनी पूरै अनभिज्ञताको जिकीर लिन नमिल्ने । (प्रकरण नं. ५) § हदम्याद र म्यादका पनि निश्चित सीमा हुन्छन्, यसमा अदालतले एकपक्षलाई सुविधा पुग्ने गरी व्याख्या गर्दा अर्को पक्ष अन्यायको शिकार हुन जाने संभावनातर्फ पनि अदालत सचेत रहनु पर्ने । (प्रकरण नं. ६) § फैसलाको जानकारी कुनै पनि तरिकाबाट (फैसला सुनेर वा फैसलाको नक्कल लिएर वा अदालतबाट म्याद जारी भएर) भएपछि सोही मितिबाट पुनरावेदनको म्याद प्रारम्भ हुन्छ भन्ने कुरामा विवाद उठाइन नहुने । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8273 |
|---|---|
| मुद्दाको विषय | लेनदेन |
| निर्णय वर्ष / मिति | 2066/12/15 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तपबहादुर मगर | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री प्रेम शर्माको राय । | माननीय न्यायाधीश श्री प्रेम शर्माज्यूको रायसँग सहमत हुन नसकी छुट्टै राय व्यक्त गरेकाले प्रस्तुत मुद्दाको संयुक्त इजलासको लगत कट्टा गरी सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री प्रकाश वस्तीको रायसहितको यस अदालत संयुक्त इजलासको मिति २०६५।११।१५ को फैसला । | माननीय न्यायाधीश श्री प्रेम शर्माको राय सदर हुने ठहर्छ । सो ठहर्नाले प्रस्तुत मुद्दाको औचित्य भित्र प्रवेश गरी न्याय निरुपण गर्नुपर्ने अवस्था भएन । अरुमा तपसील बमोजिम गर्नू । |
| मुद्दा नं. | ०६६-DF-०००१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६६, नि.नं. 8273 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
