नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8262 · वि.सं. २०६६

नि.नं. 8262 — क्षतिपूर्ति

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ डाक्टरले जाँची औषधि Prescribe गरेको दिन वा औषधि खाएको पहिलो दिनदेखि गणना गर्ने होइन, औषधि दिनहुँ खाएपछि लक्षण र असरहरू देखिन थालेको दिनबाट हदम्यादको गणना गर्नुपर्छ । ऐनको व्याख्या गर्दा Purposive व्याख्या गर्नुपर्छ, निरर्थक Frustrate हुने व्याख्या गर्नु नहुने । § हानि नोक्सानी भएको कुरा जुनवेला जानकारी भयो सोही मितिलाई मुद्दा गर्नुपर्ने कारण सिर्जना भएको मिति मान्नुपर्ने । § औषधि सेवनको कारणबाट उत्पन्न विवादमा अन्य मुद्दामा जस्तो औषधि खाएको पहिलो दिनबाट हदम्याद गणना गर्ने व्याख्या Absurd Interpretation हुन्छ । औषधि सेवनपछि क्रमशः असर गर्न थालेको जानकारी पाएको मितिबाट हदम्यादको गणना गर्नुपर्ने । (प्रकरण नं.५) § विरामीप्रति डाक्टरको खराव भावना, खराव आचरण, खराव मनसाय हुँदैन । यदि कुनै विरामीले डाक्टरप्रति यस्ता Negligence का आरोपहरू लगाउँछ भने लगाएको डाक्टर विरुद्धको त्यस्तो Negligence को आरोप लगाउनेले नै प्रमाणित गर्नुपर्ने । (प्रकरण नं.८) § Causation हुनलाई अनिवार्य तत्व जस्तैः कसैले कुनै काम गर्छ जसको परिणाममा कुनै असर वा अपराधको तत्व हुन्छ र कसैको त्यस्तो कार्य हुन नदिन रोक्ने वा Alert गराउने कर्तव्य हुन्छ तर उसले नरोक्नाले त्यस्तो कार्य हुनमा Contribute गर्छ साथै उसले समयमा त्यस्तो नहुन सजग होशियारी र साबधान गराउनु पर्ने । § Causation आँखा टि.बि. लगायतको उपचार नभई Tegrital को लामो सेवनको कारणबाट भएको देखिएको र Tegrital को लामो सेवन गर्दा हुने असरमा Alert गराउने, सावधानी गराउने, आदि शुरु र समयमै सबै कुरा जानकारी गराई Alert गराउनु पर्नेमा नगराएको कारण गरेको असर Causation अन्यत्रको उपचार नभइ त्भनचष्तब कै कारणबाट भएकाले यस्तोमा चिकित्सकलाई Negligence को आरोपबाट उन्मुक्ति दिन नमिल्ने। (प्रकरण नं.२९) § क्लिनिकले डाक्टरहरू मार्फत् औषधिबाट सेवा प्रदान गरेको अवस्थामा क्लिनिकले आफ्नो जिम्मेवारी नभएको भनी उन्मुक्ति प्राप्त गर्न नसक्ने । (प्रकरण नं.३०) § समयमा उपचार नगरी बसेको वा बिरामीलाई अन्यत्र लगी सम्बन्धित डाक्टर वा अस्पतालमा ढिला गरी लगेकोमा डाक्टरले प्रयास गर्दा पनि उपचार सफल नभएमा पनि डाक्टर वा अस्पताल जवाफदेही हुने व्याख्या गर्ने हो भने त्यस्तो व्याख्या गलत व्याख्या हुन जाने मात्र होइन डाक्टरले बिरामीको उपचार नै गर्न नचाहने अवस्था सिर्जना हुने । (प्रकरण नं.४५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8262
मुद्दाको विषयक्षतिपूर्ति
निर्णय वर्ष / मिति2066/07/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बलराम के.सी. | माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला
मुद्दा नं.०६३-CI-०१५८
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8262
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्