नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8250 · वि.सं. २०६६

नि.नं. 8250 — अंश नामसारी ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रमाणहरूको सृंखलामा एउटा प्रमाण डी.एन.ए.परीक्षण पनि हुन सक्छ । तर अन्य प्रमाणहरूकै आधारमा पितृत्वको विषय यकीन गर्न सकिन्छ भने यो परीक्षण गराउन पर्ने बाध्यता अदालतलाई नहुन पनि सक्ने । § पक्षले माग गर्दैमा डी.एन.ए.परीक्षण गराउने आदेश दिन अदालत बाध्य हुँदैन । यो परीक्षण माग गर्ने पक्षको भनाई प्रतिकूल राय आयो भने पनि उसले दण्ड जरीवाना समेतका कुनै दायित्व व्यहोर्न नपर्ने हुनाले नाता होइन भन्ने पक्षले मनोविनोद गर्न वा कसैप्रतिको इवी साध्न वा महिलाको मानमर्दन गर्न वा सामाजिक तथा पारिवारिक संरचना खलबल्याउनका लागि डी.एन.ए.परीक्षण गर्ने आदेश सहायक नहोस् भन्ने कुरामा अदालत सधै सर्तक रहनु पर्ने । (प्रकरण नं.५) § विशेषज्ञको रायको महत्व राख्ने डी.एन.ए. परीक्षण प्रतिवेदनले निश्चयात्मक सबूद (Conclusive Proof) को स्थान ग्रहण गर्न भने नसक्ने पनि हुन सक्तछ । विशेषज्ञको राय न्यायकर्तालाई न्यायिक निष्कर्ष निकाल्न सघाउ पुर्‍याउने एउटा माध्यम मात्र हो । अन्य प्रत्यक्ष तथा विश्वास गर्न लायक प्रमाणहरूको सृंखलाले डी.एन.ए.परीक्षण प्रतिवेदनको प्रतिकूल निष्कर्ष निकाल्दछन् भने न्यायकर्ताले यी प्रमाणहरूको सृंखलाका आधारमा उपयुक्त अवधारणा बनाउन सक्ने । (प्रकरण नं.६) § संसारमा कुनै पनि कुरा निरपेक्ष हुँदैन भने डी.एन.ए.परीक्षण प्रतिवेदन शत प्रतिशत सत्य हुन्छ भनेर मान्न नसकिने पनि हुन सक्तछ । परीक्षण गर्ने संयन्त्र, वातावरण, समय र साधनले सो परीक्षणलाई प्रभाव पार्दै पार्दैन भन्ने ठान्नु पनि उचित नहुने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8250
मुद्दाको विषयअंश नामसारी ।
निर्णय वर्ष / मिति2066/08/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला | माननीय न्यायाधीश श्री प्रकाश वस्ती
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8250
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्