नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8269 · वि.सं. २०६६

नि.नं. 8269 — लागु औष‍ध चरेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ बयानका क्रममा राजीखुशीविना शारीरिक यातना दिइएको अवस्थामा प्रहरीसमक्ष गरिएको पूर्ण वा आंशिक सावित बयान स्वतन्त्र प्रमाणबाट समर्थित नभएसम्म त्यस्ता बयानलाई बिवादरहित प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने । (प्रकरण नं.४) § एउटै बरामदी मुचुल्कामा सहिछाप गर्ने कुनै व्यक्तिलाई मुद्दा नै नचलाइनु र कसैलाई चलाइने पर्याप्त आधार के हो सो अभियोगमा केही उल्लेख नै छैन । लागू औषध चरेससम्बन्धी अपराधमा प्रमाण पुर्‍याउने भार अभियुक्तमा छ भन्दैमा हर अवस्थामा हरेक मुद्दामा वादी पक्षले प्रमाण जुटाउन पर्दैन भन्ने ऐनको मनसाय होइन । सबै प्रमाणबाट प्रतिवादीहरू निर्दोष देखिने स्थिति छ भने सोको विरुद्ध आफुले लगाएको अभियोग प्रमाणित गर्न प्रमाण पुर्‍याउनु पर्ने भार र कानूनी दायित्व वादी पक्षको पनि हो । सो कुरालाई इन्कार गर्न मिल्दैन । यस्तो फितलो, मनोगत र अनुमानका आधारमा लिएको दावीबाट मात्र यी प्रतिवादीहरूले कसूर गरेको ठहर गर्न कानून र न्यायसंगत नहुने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8269
मुद्दाको विषयलागु औष‍ध चरेश
निर्णय वर्ष / मिति2066/06/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8269
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्