नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8244 · वि.सं. २०६६

नि.नं. 8244 — उत्प्रेषणयुक्त परमादेश ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रचलित नेपाल कानून शिक्षा ऐन नियमावली, मुलुकी ऐन अंशबण्डाको महल, अपुतालीको महलसमेतले पतिको मृत्युपछि नजिकको हकवालाको रुपमा निजको श्रीमतीलाई स्वीकार गरेको अवस्थामा श्रीमतीहरू एकभन्दा वढी भएकोमा कुनै एकलाई मात्र हकवालाको रुपमा ग्रहण नगरी सवैलाई समान हकवालाको रुपमा स्वीकार गरेकोबाट पतिको मृत्युपछि नजिकको हकवालाको रुपमा निजका श्रीमतीहरू समान अस्तित्व रही प्रचलित नेपाल कानूनले समान हकवालाको रुपमा स्वीकार गरेको अवस्थामा निवृत्तभरण पाउने हकलाई समान हकवालामा शुरुमा कारवाही चलाएको आधारमा विस्थापित वा हकबाट बञ्चित गर्ने भन्न नमिल्ने । § शिक्षा नियमावली २०५९, को नियम १२७क. अनुसार गठन हुने परामर्श समितिले शिक्षकहरूलाई दिइने निवृत्तभरण, पारिवारिक निवृत्तभरण शैक्षिक भत्ता सन्तति बृत्तिसमेतका विषयमा व्यवस्थित गर्न शिक्षक कितावखानालाई आवश्यक सहयोग गर्न परामर्श दिन सक्ने अधिकार प्रदान गरेको अवस्थामा निवेदन परी कारवाही प्रक्रिया प्रारम्भ भएको विषयमा नियमावलीले निर्देशित गरेका विषयमा आवश्यक परामर्श दिन अधिकार परामर्श समितिलाई रहने । (प्रकरण नं.७) § निवृत्तभरणको अख्तियार पट्टामा शिक्षकको तह नि.मा.वि. श्रेणी द्वितीय कायम रहेको, पेन्सन सुविधा प्रदान गरिरहेकोमा उचित र पर्याप्त कारणबिना श्रेणी घटुवा गरी पेन्सन कम गर्ने निर्णय न्यायसंगत देखिन नआउने । § अख्तियार प्राप्त निकायको पेन्सनपट्टाबमोजिम प्राप्त गरेको पेन्सन रकम श्रेणी घटुवा गरी वढी गएको भनी गरिएको पत्राचारको आधारमा फिर्ता गर्नु नपर्ने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8244
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश ।
निर्णय वर्ष / मिति2066/05/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा | माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8244
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्