नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8235 · वि.सं. २०६६
नि.नं. 8235 — उत्प्रेषण ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कुनै व्यक्ति वा निकायले दिएको सुझावले निर्णयमा पुग्नको लागि सहयोग पुर्याउन सक्तछ तर यस्तो सुझाव निर्णय गर्ने निकायको लागि बाध्यात्मक हुन नसक्ने । (प्रकरण नं.१३) § “धितोपत्र दलाल सिफारिश छनौट विधि” बनाई लागू गर्ने भई सो निर्णयलाई कार्यान्वयन गर्ने प्रक्रिया शुरु भइसकेपछि कुनै सुझाव दिने अधिकारको नाममा उक्त “छनौट विधि” लाई सच्याउने वा चाहेअनुसारको व्यवस्था राखी सच्याउनु भन्ने निर्देशन दिने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भएको नदेखिएकोले उक्त निर्णय तथा निर्देशन अनाधिकार तथा कानूनविपरीत देखिने । (प्रकरण नं.१५) § कुनै सार्वजनिक निकायले गरेको निर्णयउपर प्रचलित कानूनअनुसार पुनरावेदन लाग्ने व्यवस्था गरिएको अवस्थामा उक्त निर्णयप्रतिकूल हुने गरी वा निर्णयलाई प्रभावित हुने गरी कुनै आदेश दिन नसकिने । § धितोपत्र बोर्डको आदेश वा निर्देशनउपर पुनरावेदन लाग्ने कानूनी व्यवस्था समेत गरिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १२ख. अन्तर्गतको अधिकारको प्रयोग गर्ने अवस्था उक्त आयोगलाई छ भनी मान्न नसकिने । (प्रकरण नं.१६) § सार्वजनिक निकायबाट भए गरिएका अख्तियार दुरुपयोगको काम कारवाहीको बारेमा अनुसन्धान गरी मुद्दा चलाउने संवैधानिक जिम्मेवारी पाएको आयोग आफैले कानूनले प्रदान नगरेको र आफूलाई प्राप्त भएको संवैधानिक अख्तियारीभन्दा बाहिर हुने हुँदा सोको आधारमा संवैधानिक व्यवस्थाअनुसार यस अदालतले विशेष अधिकारक्षेत्रको प्रयोग गर्नबाट आफूलाई वञ्चित गर्ने वा पछि हट्ने स्थिति नहुँदा प्रत्यर्थी आयोगको गैरकानूनी तथा अधिकारक्षेत्रविहीन कार्यबाट नियमनकारी निकायहरूको काम कारवाहीमा परेको वा पर्नसक्ने बाधा व्यवधान हटाउनका लागि उपयुक्त आदेश जारी गर्नसक्ने । (प्रकरण नं.१८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8235 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण । |
| निर्णय वर्ष / मिति | 2066/05/25 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनूपराज शर्मा | माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला | माननीय न्यायाधीश श्री भरतराज उप्रेती |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६६, नि.नं. 8235 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
