नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8231 · वि.सं. २०६६
नि.नं. 8231 — अंश ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ बाबुले आफ्नो पालामा आर्जन गरेको कारणमात्र कुनै सम्पत्ति अंशबण्डाको १८ नं. को प्रयोजनको लागि बण्डा नलाग्ने सम्पत्तिको श्रेणीभित्र पर्न नसक्ने । § बण्डा नलाग्ने सम्पत्तिको श्रेणीभित्र पर्नका लागि कुनै अंशियारले निजी तवरबाट आफ्नो निजी प्रयोगको लागि आर्जन गरेको वा दानबकस पाएको हुनुपर्ने । § आफ्नो पालामा आर्जन गरेको सम्पत्ति र निजी तवरबाट आर्जन गरेको सम्पत्तिबीच आधारभूत अन्तरको विद्यामानता रहेको छ र निजी तवरबाट दानबकस पाएको सम्पत्तिबाट सो पाउनेसरहका अन्य अंशियारले अंश नपाउनेसम्म हो । बाबुको निजी सम्पत्ति निजले खुश गर्न पाउने हो तर बाँकी रहेकोमा त्यसबाट निजको अंशबाट मात्र अंश हक पाउने निजका श्रीमती छोरा, छोरीले अंश पाउने । (प्रकरण नं.४) § पुर्खाबाट हक सरी आई बाबुमा निहीत रहेको सम्पत्ति र बाबु आमाले आफ्नो जीवनकालमा निजी ज्ञान, सीप, प्रयास वा दानदातव्य वा कुनै व्यहोराबाट प्राप्त गरेको भएपनि खुश गर्न बाँकी रहेको सम्पत्ति छोराछोरीको हकमा पैतृक सम्पत्ति हुनजाने भएकाले सो सम्पत्ति छोरा छोरीहरूमा अंश भाग लाग्ने सम्पत्ति मान्नु पर्ने । (प्रकरण नं.५) § अंशको हक अंशियार भएका नाताले स्वतः प्राप्त गर्ने हक हो । स्वतः प्राप्त गर्ने अंश जस्तो नैसर्गिक कानूनी हकलाई निष्क्रिय वा संकुचित पार्ने गरी भएको कुनै शर्त वा बन्देजले कानूनी मान्यता प्राप्त गर्न नसक्ने । § अंशियारहरूले पारस्परिक सहमतिबाट आफूहरूले आफ्नो अंश हक कुनै खास शर्त बन्देजमा रही प्रयोग गर्न सक्दछन् तर एउटा अंशियारको असहमति हुँदाहुँदै उसको अंश हकलाई सीमित वा संकुचित गर्ने गरी कुनै शर्त, बन्देज लगाउन नपाइने । § शर्त बन्देज कुनै घरायसी लिखतमा भएपनि त्यसले कानूनी मान्यता प्राप्त गर्न नसक्ने । § अंशमा दावी गरेपछि अंश हक जस्तो नैसर्गिक अधिकारलाई कुण्ठित हुने गरी खडा भएको शर्त वा बन्देज स्वतः बदरभागी हुने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8231 |
|---|---|
| मुद्दाको विषय | अंश । |
| निर्णय वर्ष / मिति | 2066/05/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री रणबहादुर बम |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६६, नि.नं. 8231 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
