नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8236 · वि.सं. २०६६
नि.नं. 8236 — कुत दिलाई मोही निष्काशन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विधायिकाले निर्माण गरेको कानूनको सम्बन्धमा संवैधानिकताको प्रश्न उठी अधिकार प्राप्त निकायबाट विधिसम्मत तरिकाले अबैध घोषित नभएसम्म वा विधायिकाबाट खारेज वा संशोधन नभएसम्म त्यसमा बाध्यात्मक शक्ति निहीत हुन्छ । अदालतले त्यसको व्याख्या र पालन गर्ने गर्दछ । त्यस्तो कानूनको पालनालाई व्याख्याताको हैसियतले सर्वोच्च अदालतले इन्कार गर्न नसक्ने । § मुद्दा मामिलाको रोहमा विधायिकी कानूनको व्याख्याको सन्दर्भमा सर्वोच्च अदालतले कानूनी सिद्धान्तको प्रतिपादन गर्ने हुँदा त्यसको पश्चात्दर्शी प्रभाव (Retrospective Effect) हुँदैन र पश्चात्दर्शी प्रभाव पर्ने गरी कानूनी सिद्धान्तको प्रतिपादन सर्वोच्च अदालतले गर्दैन । विधायिकी कानूनको अन्तिम व्याख्याताको हैसियतमा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तहरूको पश्चात्दर्शी प्रभावलाई स्वीकार गर्ने हो भने न्याय सम्पादनमा एकरुपता, निश्चितता र न्यायिक अनुशासन कायम रहन नसक्ने । (प्रकरण नं.६) § पुनरावलोकनको निस्साको आधारको रुपमा रहेको कानूनी सिद्धान्त संयुक्त इजलासबाट फैसला भएपछि प्रतिपादन भएको अवस्थामा उक्त सिद्धान्तको त्रुटि पहिले नै भएको निर्णयमा हुनसक्ने अवस्था नहुँदा संयुक्त इजलासबाट फैसला भैसकेपछि प्रतिपादन भएको सिद्धान्तले पश्चात्दर्शी प्रभाव पार्न नसक्ने । (प्रकरण नं.७) § प्रचलित कानून तथा प्रतिपादित कानूनी सिद्धान्तबाटै पुनरावलोकन निवेदनको निर्णय गर्दा पुनरावलोकनको निस्सा दिँदा लिइएको आधारमा सीमित रहनुपर्नेमा निस्सा दिँदाको आधार नै आकर्षित हुन नसक्ने गरी असम्बद्ध छ भने सोसँग सम्वद्ध मुद्दाको अन्य पक्षमा प्रवेश गर्न नमिल्ने । (प्रकरण नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8236 |
|---|---|
| मुद्दाको विषय | कुत दिलाई मोही निष्काशन । |
| निर्णय वर्ष / मिति | 2066/06/22 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६६, नि.नं. 8236 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
