नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8229 · वि.सं. २०६६
नि.नं. 8229 — निर्णय बदर नामसारी ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ जग्गा खरीद गर्नेले ससीम कित्ताको जग्गा नै खरीद नगरी कुनै कित्ताबाट आंशिक मात्र खरीद गरेको र सोअनुसारको जग्गा आफ्नो नाममा दर्ता गराई भोगचलन समेत गरी आएकोमा पछि सो राजीनामा भित्रको आफ्नो जग्गा बाँकी छ भन्न र आफ्नो हकको स्रोत उक्त राजीनामामा लेखिएभन्दा बढी जग्गामा दावी गर्न नमिल्ने । § जग्गा खरीद गर्दा चार किल्ला मात्र उल्लेख गरी लिएको भए त्यसको अवस्था एउटा हुन सक्छ तर चार किल्ला उल्लेख गरी त्यसभित्रको निश्चित क्षेत्रफल समेत उल्लेख गरी जग्गा लिएको भए उक्त चार किल्लाभित्रको सोही क्षेत्रफलमा मात्र खरिदकर्ता सीमित हुनुपर्ने । (प्रकरण नं. २)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8229 |
|---|---|
| मुद्दाको विषय | निर्णय बदर नामसारी । |
| निर्णय वर्ष / मिति | 2066/05/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह | माननीय न्यायाधीश श्री सुशीला कार्की |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६६, नि.नं. 8229 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
