सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १३८ / ४४०

नि.नं. 8225वि.सं. २०६६संयुक्त इजलास

निषेधाज्ञा ।

§ सम्पत्तिको उपभोगअन्तर्गत बिनाअवरोध आफ्नो जग्गामा प्रवेश गर्न पाउने अधिकार पनि पर्दछ भने सार्वजनिक बाटो, जग्गालाई सार्वजनिक रुपमै सबै व्यक्ति तथा नागरिकहरूले उपभोग गर्न पाउँछन् । सार्वजनिक जग्गामध्येको केही भाग आयुर्वेद अस्पताल भवनको लागि प्रदान गरी सार्वजनि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8224वि.सं. २०६६संयुक्त इजलास

परमादेश ।

§ असाधारण अधिकारअन्तर्गत यस अदालतले कानूनद्वारा दिएको हक गैरकानूनी तरिकाले हनन भएमा हनन भएको हक मात्र प्रचलन गराउने, कानूनले नदिएको हक यस अदालतले सिर्जना नगर्ने । (प्रकरण नं.७) § सेवामा नरहेको अवधिको तलब भत्ता, सुविधा दिन नमिल्ने भनी गरेको निर्णय कानूनविपरीतक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8223वि.सं. २०६६संयुक्त इजलास

कर्तव्य ज्यान ।

§ वञ्चरोले मान्छेको टाउकोमा प्रहार गर्दा मान्छे मर्न सक्छ भन्ने कुराको ज्ञान यी प्रतिवादीलाई थिएन भनी अनुमान गर्न सक्ने अवस्था नदेखिने । § रिसको झोकमा मरोस् भनेर नै दाउराले प्रतिकार गरिसके पछि पनि बञ्चरो ल्याई मृतकउपर प्रहार गरेको कुरा सहजै अनुमान गर्न सकिने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8222वि.सं. २०६६संयुक्त इजलास

जालसाजी ।

§ पैतृक सम्पत्ति आफ्नो नाममा एकलौटी नामसारी गराउँदा आधार लिएको गा.पं.को सिफारिश नै जालसाज घोषित भइसकेको अवस्थामा त्यस्तो दूषित सिफारिशका आधारमा भएको नामसारी निर्णयले कानूनी मान्यता प्राप्त गर्न नसक्ने । § कानूनी मान्यताविहीन नामसारी दर्ताका आधारमा प्राप्त भएक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8221वि.सं. २०६६

बन्दीप्रत्यक्षीकरण ।

§ अनुसन्धान अधिकारीलाई निवेदकले दुई वटा वारदात घटाएको कुरा ठगी मुद्दाको अनुसन्धानको क्रममा थाहा भएको, सो दुवै वारदात घटनाको सम्बन्धमा उतिवेला नै अनुसन्धान भै मुद्दा दायर भएको भए सबैभन्दा ठूलो कलममा मात्र सजाय हुने दण्ड सजायको ४१ नं. कानूनी व्यवस्थाबाट देखिएको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8220वि.सं. २०६६संयुक्त इजलास

कर्तव्य ज्यान ।

§ प्रमाणको आधारमा दोषी Guilty ठहर भएपछि सजाय तोक्दा विभिन्न कुराहरू लगायत कति कैद तोक्दा न्यायसंगत हुन्छ भन्ने कुरा पनि विचार गर्नुपर्ने । (प्रकरण नं.३) § अपराध गर्नेले अपराध माफिकको सजाय पाउनु पर्छ । अ.वं. १८८ नं. को प्रयोग भनेको Exception र प्रयोग नगर्ने चाह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8219वि.सं. २०६६संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश ।

§ विपक्षी नै नबनाएकाको हकमा अदालतको आदेश वा निर्णयले असर पर्ने तेस्रो पक्षलाई सुनुवाईको मौका नदिई कुनै आदेश जारी गर्नु प्राकृतिक न्यायको सिद्धान्त समेतको प्रतिकूल हुन जाने । (प्रकरण नं.४) § नेपाल कानून व्यवसायी परिषद्बाट पुरस्कार आफूले पाउनु पर्ने कुन कानूनी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8218वि.सं. २०६६संयुक्त इजलास

मोही लगत कट्टा ।

§ गैरनेपाली व्यक्तिलाई जुन मितिदेखि नागरिकता प्राप्त हुन्छ सोही मितिदेखि नेपाली नागरिकको हैसियत प्राप्त हुने अधिकार पनि सोही मितिबाट प्रारम्भ हुने । § प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्र अंगीकृत भएकोले निजले जन्मसिद्ध वा वंशजको नाताले पाउने नागरिकसरह क…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8217वि.सं. २०६६संयुक्त इजलास

उत्प्रेषण परमादेश ।

§ जुन कुरा प्रत्यक्ष रुपमा गर्न पाइँदैन त्यो काम परोक्ष रुपमा पनि गर्न पाइँदैन । अर्थात् धुम्रपानको प्रकृति र परिणामको कारणले आपत्तिजनक ठानी यसको प्रचारप्रसार गर्ने क्रियालाई निरुत्साहित गर्ने कुरा कानून र नीतिको आवरणमा कुनै वैध प्रयोजन देखाएर त्यसको मार्फत् ध…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8216वि.सं. २०६६पूर्ण इजलास

बेरीतको आदेश बदर गरिपाऊँ

§ एक–आपसमा फूट होइन मित्रता, सहकार्य र ऐक्यवद्धताको चाहना राखी एक–आपसमा सामाजिक सद्भाव कायम राख्ने मुद्दाका पक्षहरूलाई न्यायालयले प्रचलित कानूनको परिधिभित्र रही प्रोत्साहन दिनुपर्ने । (प्रकरण नं.३) § शुरु अदालतको फैसलाउपर पुनरावेदन परेपछि उक्त फैसला अन्तिम नभए…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8215वि.सं. २०६६विशेष इजलास

उत्प्रेषण लगायत जो चाहिने आज्ञा आदेश जारी गरिपाऊँ ।

§ अदालतले विद्यमान फौजदारी कानूनबमोजिम आफूसमक्ष ल्याइएका विवादको सुनुवाई गर्ने, प्रमाणबाट दोषी ठहरिन आएका आरोपित व्यक्तिहरूलाई प्रचलित दण्डसंहिताबमोजिम सजाय ठहर गर्ने र त्यस्ता कानूनको न्यायिक पुनरावलोकन गरी संविधानसम्मत रहे वा नरहेको जाँच्ने सम्म हो । यद्यपि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8214वि.सं. २०६६पूर्ण इजलास

पुनरावलोकन गरिपाऊँ ।

§ मुख्य कानूनी व्यवस्थालाई पूरै अनुसूचीमा आबद्ध तुल्याइएको अवस्थामा अनुसूचीलाई कार्यविधिगत व्यवस्थाको संज्ञा दिने हो भने त्यसले आर्थिक ऐनको व्यावहारिक प्रयोगलाई असम्भव तुल्याउने हुँदा त्यसबाट गम्भीर समस्या उत्पन्न हुन सक्ने । § आर्थिक ऐनभित्रको द्रष्टब्यलाई क…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8213वि.सं. २०६६संयुक्त इजलास

उत्प्रेषण परमादेशसमेत

§ प्राविधिक टोलीबाट छानवीन गरी पेश गरेको प्रतिवेदनसमेतका कागजाततर्फ कुनै ध्यान नदिई सचिवस्तरबाट जे निर्णय भएको छ त्यसैको आधारमा को कसबाट अनियमितता भए गरेको त्यसको औचित्यसमेत नखुलाई बेरुजू निकालेको कार्य कानूनसम्मत भएको मान्न नसकिने। (प्रकरण नं.४) § कुनै करार…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8212वि.सं. २०६६संयुक्त इजलास

केही सार्वजनिक अपराध ।

केही सार्वजनिक अपराध

§ न्यायकर्ताले निर्णय गर्दा कसैउपरको अभियोग यो यस्तो प्रमाणबाट पुष्टि भएको भनी वस्तुगत प्रमाणमा आधारित भएर न्यायिक विवेकको प्रयोग गरी कानूनसम्मत फैसला गर्नुपर्ने । § ऐनद्वारा प्रदान गरिएको अधिकारको प्रयोग गरी न्यायिक निर्णय गर्दा प्रयोग र पालन गर्नुपर्ने न्यू…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8211वि.सं. २०६६संयुक्त इजलास

बकसपत्र बदर

§ कुनै पनि व्यक्तिले आफ्नो अंशबापतको सम्पत्ति अन्य व्यक्तिलाई वैधानिक रुपमा हस्तान्तरण गरिसकेपछि त्यस्तो सम्पत्तिमा तोकिएको शर्त पूरा भएपछि दाताको हक समाप्त भै सम्पत्ति प्राप्त गर्नेको अधिकार स्वतः सिर्जना हुने । (प्रकरण नं.२) § अंशवण्डाको महलले आफ्नो हक पुग्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8210वि.सं. २०६६संयुक्त इजलास

हक निखनाई पाऊँ ।

§ आफ्नो घरको वलेनीको पानी र हैण्डपाइप धाराको पानी अर्काको जग्गाबाट निकाश गराउन नपाइने भयो भन्ने आधारमा निखनाई पाऊँ भन्न कानूनी एवं व्यावहारिक दृष्टिकोणबाट नमिल्ने । § सन्धिसर्पन भन्नाले साँध जोडिएको मात्र नभई सो अचल सम्पत्ति आफूलाई निकास, बाटो, सिंचाई, हावा, प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8209वि.सं. २०६६संयुक्त इजलास

बण्डा मुचुल्का चलन पूर्जी बदर दर्ता ।

§ बण्डा हुनको लागि त्यसमा अंशियार–अंशियारबीच निर्विवाद हक स्थापित भएको पैतृक सम्पत्ति हुनु अनिवार्य हुने । (प्रकरण नं.४) § विधिवत् भएको फैसलालाई अदालतबाटै अमान्य र निष्क्रिय बनाइनु न्यायिक मर्यादाको विपरीत हुनजाने । § अदालतबाट कानूनी प्रक्रिया अवलम्बन गरी हुन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8208वि.सं. २०६६संयुक्त इजलास

जिउ मास्ने बेच्ने

§ फौजदारी अपराधमा सजायको माग गरी अभियोग लगाई अदालतसमक्ष पेश गरेको अभियुक्तले अपराध स्वीकार गर्छ भने अन्य प्रमाण बुझ्न नपर्ने । (प्रकरण नं.३) § अभिभावकको मञ्जूरी हुँदैमा त्यस्तो कार्य कानूनअनुरूप नहुने । § कलिला नाबालक केटाकेटीहरूलाई सर्कस जस्तो जोखिम काममा ल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8207वि.सं. २०६६संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

§ मुलुकमा स्थापित भई सञ्चालन हुने सरकारी स्वामित्व वा व्यक्तिगत निजी स्वामित्व भएका सवै संस्था कम्पनीले कम्पनी सुशासन सम्बन्धमा बनेका कानून तथा राष्ट्रिय अन्तर्राष्ट्रिय मापदण्ड र सिद्धान्तलाई आत्मसात गर्नु अपरिहार्य हुने । § कुनै पनि संस्था सरकारी स्वामित्व…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8206वि.सं. २०६६संयुक्त इजलास

आयकर  (२०५४।०५५) ।

आयकर

§ आफ्नो कारोवारको सम्बन्धमा सवैभन्दा वढी जानकारी स्वयं करदातालाई नै हुन्छ भन्ने सिद्धान्तका आधारमा करदातालाई कानूनबमोजिमको कर निर्धारण गरी सम्बन्धित निकायमा वुझाउने दायित्व सुम्पिएको हुँदा आफ्नो आयको स्वयंलाई कर निर्धारण गर्न दिंदा आयमा पारदर्शीता समेत देखाउन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8205वि.सं. २०६६संयुक्त इजलास

भ्रष्टाचार

§ मरिसकेको व्यक्तिको नाउँमा रहेको जग्गा निजका कानूनी र वास्तविक हकदार छोरा समेतको सहमति बेगर अर्को उनाउ व्यक्तिलाई जग्गाधनी खडा गराई गैरकानूनी रुपमा मिलेमतो गरी सरकारी कर्मचारी समेतको प्रत्यक्ष संलग्नतामा वास्तविक जग्गाधनी र निजको हकदारको हक मेट्ने एवं गैरकान…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8204वि.सं. २०६६संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

§ करारद्वारा सिर्जित हक व्यक्तिहरूको आपसको सम्बन्धमा सोही लिखतले र करारसम्बन्धी ऐनले साधारण अधिकारक्षेत्रअन्तर्गत सबूद प्रमाणको आधारमा हेरिने विषय हो । जसले लिलाम गर्न पाउने हो त्यसैले ऋणीले कर्जा नतिरेको कारणबाट शर्तअनुसार लिलामको कारवाही गरेको अवस्थामा क्षेत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8203वि.सं. २०६६संयुक्त इजलास

परमादेश

§ व्यक्ति आफ्नो स्वैच्छाबमोजिमको पेशा वा रोजगार गर्न स्वतन्त्र हुन्छ । यस स्वतन्त्रतामाथि हस्तक्षेप गरी यो यस्तो पेशा वा रोजगार मात्र गर्न पाउने भनी अन्य कुनै पनि पक्षबाट दवाव सिर्जना गर्न मिल्दैन । यो स्वतन्त्रतामा व्यापक सार्वजनिक हित र कल्याणका लागि राज्यद्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 8202वि.सं. २०६६विशेष इजलास

दर्ता बदर दर्ता कायम

§ कुनै अभियुक्तलाई पुर्पक्षको लागि थुनामा राख्नको लागि तत्काल प्राप्त प्रमाणबाट कसूरदार देखिएको वा कसूरदार हो भन्ने विश्वास गर्न सक्ने मनासिब आधार भएको हुनुपर्ने भन्ने थुनछेकसम्बन्धी आदेशको पूर्वशर्तका रुपमा रहेको कानूनी व्यवस्थाबाटै वस्तुनिष्ठ र प्रमाणित आधा…

नजिर सार पढ्नुहोस् →