नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8209 · वि.सं. २०६६

नि.नं. 8209 — बण्डा मुचुल्का चलन पूर्जी बदर दर्ता ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ बण्डा हुनको लागि त्यसमा अंशियार–अंशियारबीच निर्विवाद हक स्थापित भएको पैतृक सम्पत्ति हुनु अनिवार्य हुने । (प्रकरण नं.४) § विधिवत् भएको फैसलालाई अदालतबाटै अमान्य र निष्क्रिय बनाइनु न्यायिक मर्यादाको विपरीत हुनजाने । § अदालतबाट कानूनी प्रक्रिया अवलम्बन गरी हुन गएको फैसलाबाट कसैको हकाधिकारमा प्रतिकूल असर परेको अवस्थामा त्यसलाई विधिवत् चुनौती दिई बदर गराइन्न भने त्यसको सर्वमान्यतामा प्रश्न उठाउन उचित नहुने । § सम्पत्तिका विषयमा एक पटक भएको फैसलाको प्रतिकूल निर्णय गरिनु न्यायिक अराजकताको सूचक हुन पुग्ने । (प्रकरण नं.५) § विधिसम्मत प्रक्रियाबाहेक अन्य प्रक्रियाबाट प्रवेश गरेको विवादमा अनाधिकार निकायबाट कुनै निर्णय हुन्छ भने मात्र सो निरर्थक र निष्क्रिय हुने । § संयुक्त दर्तावालाले गरेको लिखतलाई अदालतले पारीत हुने ठहर्‍याएपछि सो फैसला बदर गराउन कानूनी मार्ग अवलम्बन गरी बदर गराइएमा बाहेक त्यस निर्णयको प्रतिकूल जानु कानूनसम्मत नहुने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8209
मुद्दाको विषयबण्डा मुचुल्का चलन पूर्जी बदर दर्ता ।
निर्णय वर्ष / मिति2066/03/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा | माननीय न्यायाधीश श्री प्रकाश वस्ती
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8209
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्