नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8222 · वि.सं. २०६६

नि.नं. 8222 — जालसाजी ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पैतृक सम्पत्ति आफ्नो नाममा एकलौटी नामसारी गराउँदा आधार लिएको गा.पं.को सिफारिश नै जालसाज घोषित भइसकेको अवस्थामा त्यस्तो दूषित सिफारिशका आधारमा भएको नामसारी निर्णयले कानूनी मान्यता प्राप्त गर्न नसक्ने । § कानूनी मान्यताविहीन नामसारी दर्ताका आधारमा प्राप्त भएको जग्गा अन्य व्यक्तिलाई हस्तान्तरण गर्दैमा त्यसले समेत कानूनी मान्यता प्राप्त गर्न नसक्ने । (प्रकरण नं. ५) § संयुक्त दर्तावाल विदेशमा रहेको जिउँदो व्यक्तिलाई मरेको भनी सिफारिश गराई सोही आधारमा कारवाही चलाई आफ्नो नाममा जग्गा दर्ता गराई विक्री गरिएको कार्यलाई हदम्याद नाघेको भनी त्यस्तो कपटपूर्ण व्यवहारमा अदालतले औचित्यको छाप लगाई दिनु कदापि न्यायसंगत नहुने । § हदम्याद न्यायको प्रयोजनका लागि हो, नियोजनका लागि होइन । शत प्रतिशत झुठ्ठो कार्यलाई दूषित मान्नुपर्ने हुन्छ । दूषित व्यवहार सदर हुन नसक्ने । (प्रकरण नं. ६) § कार्य जालसाजी हुने परिणाम जालसाजी नहुने अर्थ गर्नु न्यायसंगत नहुने । § जालसाजी क्रिया हरअवस्था र हररुपमा जालसाजी नै हुन्छ । जालसाजी भनिनु त्यस कार्यलाई निष्क्रिय र निरर्थक घोषित गरिनु हो । जालसाजी क्रियाको लाभ जालसाजी गर्नेले प्राप्त गर्न सक्दैन । जालसाजी ठहरेको कार्यबाट कसैको हकाधिकार सिर्जना हुन नसक्ने । (प्रकरण नं. ७) § नामसारी निर्णय नै दूषित एवं कानूनी मान्यताशून्य भइरहेको अवस्थामा त्यस्तो दूषित नामसारी निर्णयका आधारमा प्राप्त गरेको जग्गा अर्को कुनै व्यक्तिलाई हस्तान्तरण गरेकोमा त्यसबाट असर पर्ने व्यक्तिले भएगरेको मितिबाटै हदम्यादभित्र नालिस गर्नु पर्दछ भनी व्याख्या गर्नु न्यायसंगत नहुने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8222
मुद्दाको विषयजालसाजी ।
निर्णय वर्ष / मिति2066/03/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री प्रकाश वस्ती
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8222
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्