नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8212 · वि.सं. २०६६
नि.नं. 8212 — केही सार्वजनिक अपराध ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ न्यायकर्ताले निर्णय गर्दा कसैउपरको अभियोग यो यस्तो प्रमाणबाट पुष्टि भएको भनी वस्तुगत प्रमाणमा आधारित भएर न्यायिक विवेकको प्रयोग गरी कानूनसम्मत फैसला गर्नुपर्ने । § ऐनद्वारा प्रदान गरिएको अधिकारको प्रयोग गरी न्यायिक निर्णय गर्दा प्रयोग र पालन गर्नुपर्ने न्यूनतम् मापदण्ड पालन गर्नुपर्ने । § आफूले गरेको निर्णय कुन तथ्य र प्रमाणमा आधारित हो भन्ने फैसलाबाट प्रष्ट देखिनु पर्छ । त्यस्तो निर्णय स्वैच्छाचारी रुपमा गरिएको भन्ने नभई युक्तियुक्त तर्कमा आधारित (Reasoned Decision) हुनुपर्ने । (प्रकरण नं.४) § निजामती कर्मचारीको सरुवा नियमित र सामान्य प्रक्रिया भएपनि आफूले गरेको फैसला राय कितावमा लेखी फैसलाको पूर्ण पाठ तयारै नहुनु त्यसमा पनि ऐनअनुसार दण्ड सजाय गर्दा त्यसको वस्तुगत आधार कारण नखोली मनोगत रुपमा सजाय गरेको देखिनुलाई फैसला गर्ने अधिकारीबाट निजलाई कानूनले सुम्पिएको जिम्मेवारी पूरा गरेको मान्न सकिएन । तसर्थ आफ्नो जिम्मेवारीप्रति सचेत रहन तथा त्यस्तो जिम्मेवारी पूरा गर्न गराउन गृह मन्त्रालयको ध्यान आकृष्ट गर्नको निमित्त यो न्यायिक टिप्पणी हुने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8212 |
|---|---|
| मुद्दाको विषय | केही सार्वजनिक अपराध । |
| निर्णय वर्ष / मिति | 2066/04/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गौरी ढकाल | माननीय न्यायाधीश श्री रणबहादुर बम |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६६, नि.नं. 8212 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
