नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8213 · वि.सं. २०६६
नि.नं. 8213 — उत्प्रेषण परमादेशसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्राविधिक टोलीबाट छानवीन गरी पेश गरेको प्रतिवेदनसमेतका कागजाततर्फ कुनै ध्यान नदिई सचिवस्तरबाट जे निर्णय भएको छ त्यसैको आधारमा को कसबाट अनियमितता भए गरेको त्यसको औचित्यसमेत नखुलाई बेरुजू निकालेको कार्य कानूनसम्मत भएको मान्न नसकिने। (प्रकरण नं.४) § कुनै करार नै नभएको अवस्थामा के कसको कारणबाट अनियमितता भएको हो त्यसको कुनै छानवीन नै नगरी रकम असूलउपर गर्ने कार्य गर्दा असूलउपर गर्ने भनी भएको निर्णयको आधार र कारण स्पष्ट उल्लेख गरी त्यस सम्बन्धमा भएका सम्पूर्ण विवरणसमेतका कागजात उपलव्ध गराई त्यस सम्बन्धमा आरोप लगाइएको व्यक्तिको भनाई र त्यस्तो भनाईलाई पुष्ट्याई गर्ने आवश्यक कागज प्रमाण पेश गर्ने समेतको मनासिव समय दिनु प्राकृतिक न्यायको सिद्धान्तअनुसार अपरिहार्य हुने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8213 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण परमादेशसमेत |
| निर्णय वर्ष / मिति | 2066/05/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रेम शर्मा | माननीय न्यायाधीश श्री सुशीला कार्की |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६६, नि.नं. 8213 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
