नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8216 · वि.सं. २०६६

नि.नं. 8216 — बेरीतको आदेश बदर गरिपाऊँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ एक–आपसमा फूट होइन मित्रता, सहकार्य र ऐक्यवद्धताको चाहना राखी एक–आपसमा सामाजिक सद्भाव कायम राख्ने मुद्दाका पक्षहरूलाई न्यायालयले प्रचलित कानूनको परिधिभित्र रही प्रोत्साहन दिनुपर्ने । (प्रकरण नं.३) § शुरु अदालतको फैसलाउपर पुनरावेदन परेपछि उक्त फैसला अन्तिम नभएको र मुद्दा अन्तिम नभई विचाराधीन रहेको मुद्दामा मिलापत्र गर्न कानूनले रोक नलगाएको भएपछि कानूनले तोकेको दस्तूर राखी मिलापत्र गर्न हुने । (प्रकरण नं.४) § कानूनको प्रावधानमा कुनै अवस्थाको सम्बन्धमा किटानी रुपमा उल्लेख गरेको कुरालाई बाध्यात्मकरुपमा पालना गर्नैपर्छ । तर साविकको व्यवस्था हटाई नयाँ कानूनी व्यवस्था कायम भएकोमा भने अन्यथा अर्थ गर्न नहुने । (प्रकरण नं.६) § कानूनमा यस कुरामा यसो गर्नु भनी स्पष्ट उल्लेख नभएको अवस्थामा आत्मपरकढंगले संशोधित व्यवस्थापूर्वको कार्यविधिगत अवस्थालाई नै अनुभूत गरी समकालीन व्याख्या गरिनु हुँदैन । साविकमा रहेको अवस्थालाई परिमार्जन वा संशोधन गर्नुको अर्थ सो व्यवस्था परिस्थिति र समयानुकूल सुहाउँदो नभएको भनी सो सम्बन्धमा नयाँ व्यवस्थाको सोच हो र नयाँ अवधारणा लागू भएपछि साविकको अवधारणा परिवर्तित परिप्रेक्ष्यमा समाप्त भएको सम्झनु पर्ने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8216
मुद्दाको विषयबेरीतको आदेश बदर गरिपाऊँ
निर्णय वर्ष / मिति2066/08/11
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला
मुद्दा नं.०६६-RC-००५२
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8216
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्