नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8217 · वि.सं. २०६६
नि.नं. 8217 — उत्प्रेषण परमादेश ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ जुन कुरा प्रत्यक्ष रुपमा गर्न पाइँदैन त्यो काम परोक्ष रुपमा पनि गर्न पाइँदैन । अर्थात् धुम्रपानको प्रकृति र परिणामको कारणले आपत्तिजनक ठानी यसको प्रचारप्रसार गर्ने क्रियालाई निरुत्साहित गर्ने कुरा कानून र नीतिको आवरणमा कुनै वैध प्रयोजन देखाएर त्यसको मार्फत् धुम्रपानकै विज्ञापन हुने प्रपञ्च रच्ने कार्यलाई स्वीकार गर्न नसकिने । (प्रकरण नं.१८) § धुम्रपानबाट निस्कने विषालु धुँवाले वातावरणलाई प्रदूषित पार्ने हुँदा धुम्रपान गर्नेहरूबाट नगर्नेहरूको स्वच्छ वातावरणमा बाच्न पाउने मौलिक हक उल्लंघन हुने अवस्था सिर्जना हुन पुग्दछ । संविधान प्रदत्त मौलिक हकको संरक्षण गर्ने प्रमुख दायित्व राज्यको भएकोले आमनागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको प्रत्याभूति हुने कार्य पनि राज्यले निर्वाह गर्नु पर्दछ । यसको लागि राज्यले निरोधात्मक र नियन्त्रणात्मक उपायहरू अवलम्बन गर्न सक्दछ । धुम्रपानजन्य पदार्थको उत्पादन, ओसारपसार लगायतका विषयहरूलाई नै रोकथाम वा प्रतिवन्धित गर्नेदेखि यस्ता उत्पादनको सार्वजनिक रुपमा प्रचारप्रसार र विज्ञापन तथा प्रायोजन गर्ने कार्य नियमन गर्नेसम्मका दायित्व राज्यकै हुने । (प्रकरण नं.२०) § सार्वजनिक स्वास्थ्य भनेको व्यक्तिको मौलिक हकको विषय हुनुको अतिरिक्त राज्यको दायित्वको पनि प्रश्न हो । जनस्वास्थ्यको सम्बन्ध व्यक्तिका जीवनलगायतका अनेकौं अन्य हकहरूको प्रचलनसँग पनि सम्बन्धित हक हुनाले धुम्रपानको समस्याले अन्य हकहरूमा पारेका प्रभावको रोहमा समेत राज्यले विचार गर्नुपर्ने । § कुनै पनि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको वा धुम्रपान प्रोत्साहित गर्ने वा त्यस्ता मालवस्तुको बिक्री वा प्रयोग बढाउने हिसावले कुनै पनि तरिका वा संकेतको प्रचारप्रसार गर्न दिन समेत मिल्ने नदेखिने । (प्रकरण नं.३७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8217 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण परमादेश । |
| निर्णय वर्ष / मिति | 2066/07/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ |
| मुद्दा नं. | २०६३-WO-०७५२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६६, नि.नं. 8217 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
