नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8211 · वि.सं. २०६६
नि.नं. 8211 — बकसपत्र बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कुनै पनि व्यक्तिले आफ्नो अंशबापतको सम्पत्ति अन्य व्यक्तिलाई वैधानिक रुपमा हस्तान्तरण गरिसकेपछि त्यस्तो सम्पत्तिमा तोकिएको शर्त पूरा भएपछि दाताको हक समाप्त भै सम्पत्ति प्राप्त गर्नेको अधिकार स्वतः सिर्जना हुने । (प्रकरण नं.२) § अंशवण्डाको महलले आफ्नो हक पुग्ने सम्पत्ति मात्रै आफूखुशी गर्न पाउने प्रष्ट कानूनी व्यवस्था गरेको अवस्थामा अरु अंशियारहरूको समेत हक लाग्ने पैतृक सम्पत्ति अन्य अंशियारहरूको सहमतिबिना हक हस्तान्तरण गरी दिन नपाउने । (प्रकरण नं.५) § एक अंशियार परलोक भैसकेको भए पनि निजले आफ्नो अंश हकका सम्बन्धमा शेषपछिको वकसपत्र पारित गरी दिइसकेको देखिँदा शेषपछिको वकसपत्र प्राप्त गर्नेको हक सिर्जना हुने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8211 |
|---|---|
| मुद्दाको विषय | बकसपत्र बदर |
| निर्णय वर्ष / मिति | 2066/02/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री अवधेशकुमार यादव |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६६, नि.नं. 8211 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
