नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8204 · वि.सं. २०६६

नि.नं. 8204 — उत्प्रेषणयुक्त परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ करारद्वारा सिर्जित हक व्यक्तिहरूको आपसको सम्बन्धमा सोही लिखतले र करारसम्बन्धी ऐनले साधारण अधिकारक्षेत्रअन्तर्गत सबूद प्रमाणको आधारमा हेरिने विषय हो । जसले लिलाम गर्न पाउने हो त्यसैले ऋणीले कर्जा नतिरेको कारणबाट शर्तअनुसार लिलामको कारवाही गरेको अवस्थामा क्षेत्राधिकारविहीन भएको भनी मात्र नमिल्ने । (प्रकरणन नं. २) § वित्त कम्पनीले ऋणीबाट आफ्नो बाँकी लेनाबापत गर्ने लिलामको कार्य त्यसको उद्देश्य र प्रकृतिका दृष्टिले समेत अदालतबाट हुने फैसला कार्यान्वयनको कार्यभन्दा फरक हुने हुँदा जिल्ला अदालतले छुट्टै प्रयोजनका लागि अपनाउने जिल्ला अदालत नियमावलीको कार्यविधि वा दण्ड सजायको महलको कार्यविधि वित्त कम्पनीले अपनाउनु पर्छ भत्र नमिल्ने । (प्रकरणन नं. ४) § वित्त कम्पनी एउटा कानूनी व्यक्ति भएको र त्यस्तो कम्पनीले सुरक्षणको शर्तविपरीत सुरक्षण लिलाम बिक्री गरेको कारणबाट अन्याय परेको भए ऋण नतिर्ने ऋणीले वा धितो लेखिदिनेले त्यस्तो कार्यलाई साधारण अधिकारक्षेत्रभित्र गई विवादको निरोपण गराउन पाउने । (प्रकरणन नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8204
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश
निर्णय वर्ष / मिति2062/12/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8204
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्