नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8238 · वि.सं. २०६६

नि.नं. 8238 — रैकर दर्ता बदर गुठी कायम ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ गुठी स्वीकार गरिसकेपछि दाताकै हक समाप्त भएको अवस्थामा निजबाट हक प्राप्त गर्ने पुनरावेदकको हक बाँकी रहेको भन्न नमिल्ने । (प्रकरण नं.५) § राजगुठीको जग्गाको हक, स्वामित्व र प्रकृति नापीले अन्यथा निर्णय गर्दैमा समाप्त हुन नसक्ने । (प्रकरण नं.६) § कुनै खास उद्देश्य लिई कुनै विशेष कार्य सञ्चालन गर्नको लागि बनेको विशेष प्रकारको कानूनको प्रयोग सोही रुपमा हुनुपर्ने हुन्छ । यदि त्यस्तो विशेष कानूनमा सामान्य कानूनमा भन्दा पृथक खालको प्रक्रिया वा कार्यविधि निश्चित गरिएको छ, हक प्राप्ति र समाप्तिको सम्बन्धमा पनि सामान्य कानूनको भन्दा भिन्न आधार दिइएको छ भने पनि त्यसैलाई अनुशरण गर्नु पर्दछ । त्यस्तोमा सामान्य कानूनी प्रक्रियाबमोजिम हुनु पर्दछ भन्ने जिकीर गर्न नमिल्ने । § व्यक्ति–व्यक्तिका बीच जग्गाको तेरोमेरोको विवाद उठी एकपटक भएको निर्णय अन्तिम भै सम्बन्धित पक्षलाई बन्धनकारी हुने सामान्य व्यवस्थाको विपरीत गुठी जग्गाको स्वरुप वा प्रकृति समाप्त हुने गरी भएको निर्णय जहिलेसुकै बदर गर्न मिल्ने हुँदा नापी गोश्वाराबाट कुनै निर्णय भएकै भरमा वा त्यसउपर पुनरावेदन वा उजूर नपरेकै आधारमा गुठी धर्मलोप हुन नसक्ने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8238
मुद्दाको विषयरैकर दर्ता बदर गुठी कायम ।
निर्णय वर्ष / मिति2066/02/07
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा | माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला | माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल | माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद भण्डारीको राय | माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारीको राय वा सो फैसला सदर कायम राख्ने गरेको माननीय न्यायाधीश श्री गौरी ढकालको रायमध्ये कुन चाँहि राय मनासिव देखिन्छ भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो | माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद भण्डारीको रायसंग सहमत हुन सकिएन
मुद्दा नं.063–DF–0012
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8238
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्