नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8248 · वि.सं. २०६६

नि.नं. 8248 — अंश चलन ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कम्पनीको रुपमा दर्ता भई निजीस्तरमा सञ्चालित विद्यालयहरू तथा ती विद्यालयहरूको स्वामित्वमा रहेका सम्पत्तिहरू अन्य व्यक्तिगत सम्पत्तिसरह स्वामीको एकलौटी हक भोगको आफूखुसी भोग गर्ने, वेचबिखन गर्ने एवं दान दातव्य गर्ने, एकलौटी अधिकार (Exclusive Right) उपभोग गर्न नपाउने । § कम्पनीको नाममा रहेका जायजेथा सम्पत्तिहरूमा एउटा व्यक्तिको रुपमा कम्पनीको आफ्नै हक हुने भएकाले कम्पनीका सञ्चालक तथा शेयरधनीहरूले कम्पनी ऐनलगायतको कानूनी व्यवस्था एवं कम्पनीको प्रबन्धपत्र एवं नियमावलीले प्रदान गरेको अधिकार र कर्तव्यको परिधिभित्र रही कम्पनी सञ्चालन गर्नुपर्ने हुन्छ, कम्पनीको सम्पत्ति आफूखुसी गर्ने वा अंशबण्डाको विषय बनाउन नमिल्ने । (प्रकरण नं.८) पुनरावेदक वादीः विद्वान अधिवक्ताहरू शम्भु थापा, इन्द्र खरेल, डम्वर गिरी, विपक्षी प्रतिवादीः विद्वान अधिवक्ताद्वय श्री चण्डेश्वर श्रेष्ठ एवं शिवप्रसाद रिजाल

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8248
मुद्दाको विषयअंश चलन ।
निर्णय वर्ष / मिति2066/07/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गौरी ढकाल | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी
उद्धरण सन्दर्भने.का.प. २०६६, नि.नं. 8248
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्