सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३८७ / ४४०

नि.नं. 1280वि.सं. २०३६संयुक्त इजलास

उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जी जारी गरी हक प्रचलन गरिपाउँ

(१) अदालतबाट जिती पाएको भए जग्गा चलन चलाई पाउँ भनी अदालती कारवाई चलाउन र सो जिती पाएको जग्गामा कसैले खिचोला गरेको भए उजूरी गरी आफ्नो हक कायम गराउने बाटो निवेदकलाई भएको देखिएबाट निवेदकको माग बमोजिम यो रिट जारी गर्न मिल्ने नदेखिएको । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1279वि.सं. २०३६पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) घर भत्काउने आदेश नगरपञ्चायतले गरेकोमा नगरपञ्चायत ऐन, २०१९ को दफा ५३ को उपदफा (३) ले अञ्चल अदालतमा पुनरावेदन लाग्ने व्यवस्था कानूनमा निर्दिष्ट गरेकोमा नगरपञ्चायतबाट दफा ५३(३) अन्तर्गत निर्णय नभई दफा २८(३) अन्तर्गत नगरपञ्चायत सभाबाट पुनरावेदनको निर्णय गरेको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1278वि.सं. २०३६संयुक्त इजलास

उत्प्रेषण लगायत परमादेश जुन उपयुक्त हुन्छ आज्ञा, आदेश जारी गरिपाउँ

(१) निवेदकले विपक्षीलाई रसिद गरिसकेको भए आफूले नै सकार गरेको तलबमा अन्यथा गर्न दिनु मनासिव नहुँदा भरपाई भएको लिखतहरूलाई तहकिकातमा नल्याई उपेक्षा गरी गरेको आदेश उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1278वि.सं. २०३६पूर्ण इजलास

१ - जग्गा खिचोला मेटाई चलन चलाई पाउँ

(१) वादीको दावीलाई समर्थन गर्न श्रेस्ता प्रमाणको अभाव हुँदा नक्साको वादी जिकिरको जग्गाहरूमा खिचोला गरे घर हटाई चलन चलाइपाउँ भन्ने वादी दावी पुग्न नसक्ने । (प्रकरण नं. ३०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1277वि.सं. २०३६संयुक्त इजलास

उत्प्रेषण वा अन्य उपर्युक्त आज्ञा, आदेश जारी गरिपाउँ

(१) श्री ५ को सरकारले कुनै व्यक्तिलाई कुन कुराको ठेक्का दिने वा नदिने भन्ने कुरा श्री ५ को सरकार र सम्बन्धित व्यक्तिको बीचको पारम्परिक विश्वासको कुरा हो अधिकारको घोर दुरूपयोग वा अनुचित मुलाहिजा वा पक्षपात नदेखिएसम्म टेण्डर स्वीकृत वा अस्वीकृत गर्ने कुरामा यस अ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1276वि.सं. २०३६संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) कानूनमा किटानी साथ अन्यथा व्यवस्था भएकोमा बाहेक ऐनद्वारा प्रदत्त न्यायिक अर्धन्यायिक अधिकार प्रत्यायोजन गर्न नमिल्ने यस स्थितिमा गाउँ पञ्चायत ऐन, २०१८ को दफा ४० अन्तर्गत अधिकार सुम्पेको आधारमा प्रत्यर्थी प्रधानपञ्चले र प्रत्यर्थी भूमिप्रशासकले गरेको निर्णय…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1275वि.सं. २०३६संयुक्त इजलास

उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आदेश पूर्जी जारी गरिपाउँ

(१) लनेदेन व्यहोराको सम्बन्धमा निवेदनपत्र दिने र कागज गराउने अधिकार–प्रमुख जिल्ला अधिकारीलाई कानूनले प्रदान गरेको नदेखिने । (प्रकरण नं. ७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1274वि.सं. २०३६संयुक्त इजलास

उत्प्रेषण

(१) एकाको नाउँमा नापी दर्ता भइरहेको जग्गावालाको नाउँ कटाई अर्काको नाउँमा दर्ता गर्दा प्राकृतिक न्यायको सिद्धान्त अनुसार दर्तावालालाई बुझी कानून बमोजिम गर्नुपर्नेमा सो नबुझी दाखिल खारेज गरेको मालपोत कार्यालय रामेछापको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1273वि.सं. २०३६संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

(१) निमित्त कञ्जरभेटरको हकमा न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा २४ मा निर्देशन गरेको श्रेस्तेदारको अधिकारक्षेत्र ग्रहण गरी बयान तथा थुनछेकको आदेश गर्न पाउने अधिकार प्रदान गरेको देखिँदैन । तसर्थ निमित्त कञ्जरभेटर भई विपक्षीले कानूनले प्रदान नगरेको अधिकार प्रयोग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1272वि.सं. २०३६संयुक्त इजलास

अंश

(१) प्रतिवादीको जिकिर विचार नगरी रजिष्ट्रेशन पासभएको बण्डापत्र नभएको भन्ने आधारमा वादी प्रतिवादीहरूको बीच अंशबण्डा नभएको भनी पूर्वाञ्चल क्षेत्रीयअदालतले गरेको फैसलामा अ.बं. ४९ नं. को गम्भीर कानूनी त्रुटि भएको देखिन आउने । (प्रकरण नं. १७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1271वि.सं. २०३६संयुक्त इजलास

राजकाज अपराध

(१) पुनरावेदकलाई शुरू अञ्चलाधिशको कार्यालय बागमती अञ्चलले जन्मकैदको सजाय गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतले सदर गरेकोमा राजकाज (अपराध र सजाय) ऐन, २०१९ को दफा ४ उपदफा (१) अन्तर्गतको दावी नै नभएकोमा सो ऐन लगाई जन्मकैदको सजाय गरेको शुरू अञ्चलाधिशको कार्यालय बागमत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1270वि.सं. २०३६संयुक्त इजलास

चोरी

(१) प्रमाण ऐन, २०३१ को दफा ९ को उपदफा (२) को (क) अनुसार अदालत बाहेक अन्यत्र व्यक्त गरेको कुरालाई प्रमाणमा लिने बारेमा ठहराउनु पर्ने कुराहरू मध्ये कुन–कुन कुरा ठहर गरेको रहेछ सो कुरा उपर शङ्काको भर लिई गडाउ गरेको र प्रमाण ऐनको उक्त दफा बमोजिम सिद्ध नगरी ठहर गरे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1269वि.सं. २०३६पूर्ण इजलास

अदालतको अपहेलना

(१) कसैको संवैधानिक या कानूनी हक अधिकारको हनन् भएकोमा अन्य उपचार नभएकोमा त्यस्तो हक अधिकारको प्रचलनको लागि नेपालको संविधानको धारा ७१ अन्तर्गत निवेदन गर्नुपर्ने र त्यस्तो निवेदनपत्र दिँदा सर्वोच्च अदालत नियमावली, ०२१ को नियम ४६ अनुसार बन्दीप्रत्यक्षीकरण बाहेक अ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1268वि.सं. २०३६संयुक्त इजलास

घरबाट उठाई चलान चलाई पाउँ भन्ने

(१) घर बनाउनेको ९ नं. अन्तर्गत परेको मुद्दामा दानबकसको ५ नं. को हदम्याद कायम गरेको मिलेको नदेखिने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1267वि.सं. २०३६संयुक्त इजलास

लिखत बदर

(१) केवल थैलीमा सम्म हकदैया पुग्न आए नालिस गर्न पाउने हक भएकाले अचल सम्पत्तिको हक प्राप्त गरेको लिखतबदर गरिपाउँ भनी दावी गर्न अ.बं. ८२ नं. ले हकदैया नपुग्ने। (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1266वि.सं. २०३६संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) जग्गा बाली मेरो भोगाधिकारमा छ भन्ने समेत बयान भएकोमा वादी पक्षले १ नं. लगत भरी ४ नं. जो.अ.नि. लिएको (संपादकको टिप्पणीं–प्रकरण नं. १३ मा “नलिएको” भन्ने उल्लेख भएको छ, “लिएको” भन्दा “नलिएको” भन्ने नै मिल्दो देखिन्छ) भनी स्वयम् बयान गरेको र सम्बन्धित जग्गाधनी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1264वि.सं. २०३६संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) उजूरी दावीमा–पाएको मतमध्ये ३ मत बदर गरिपाउँ भनी दावी नभएको कुरा–केवल १ मतको कुरालाई लिई त्यसबाट निर्वाचनको परिणाम फरक पर्‍यो र त्यो बदर होस् भनी दावी लिएकोमा उजूरी भन्दा बढी निर्वाचन विशेष अदालतले निर्णय गरेको पाइन्छ । त्यसका अतिरिक्त पाएको ३ मत बदर गर्दा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1263वि.सं. २०३६संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) औद्योगिक व्यवसाय ऐन, ०३० को दफा ८(१)(ग) मा आयात प्रतिस्थापक (Import mbrhirute) औद्योगिक वर्गीकरण भएको उक्त वर्गीकरणमा रक्सी उद्योग समावेश नभए तापनि अधिकाँश स्वदेशी कच्चा पदार्थबाट तैयार हुने वस्तु भएकोले औद्योगिक व्यवसाय ऐन, ०३० को दफा २ को (ङ) उद्योगको पर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1262वि.सं. २०३६संयुक्त इजलास

उत्प्रेषण लगायत आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

(१) नाताको आधारमा अपुताली घर जग्गा दावी गरेकोमा नातातर्फको विवाद उत्पन्न हुन आएपछि सो को निर्णय गर्न अदालत पठाउनु पर्नेमा सो नगरी आफैंले अनधिकृत क्षेत्राधिकार प्रयोग गरी हक वेहक छुट्याएकोमा जिल्ला कार्यालय कपिलवस्तूको निर्णय त्रुटिपूर्ण देखिएकोले सो आदेश उत्प्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1261वि.सं. २०३६संयुक्त इजलास

परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

(१) कम्पनी ऐनको दफा ५०(१)(क) र नियमावलीको नियम ५९ मा शेयरहोल्डरले प्रतिनिधि मुकरर गर्न पाउने व्यवस्था भएको तर प्रतिनिधि मुकरर गर्ने फाराम साधारण सभा हुने २४ घण्टा अगाबै कम्पनीको अफिसमा पेश गर्नुपर्ने र प्रतिनिधि बदर गरेको खबर कम्पनीको अफिसमा लेखिआएको हुनुपर्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 1260वि.सं. २०३६पूर्ण इजलास

जग्गा दर्ता

(१) दावी पृथकपृथक भएबाट छुट्टाछुट्टै कुरालाई लिएर परेको एउटा मुद्दा हदम्यादभित्र परेको छ भनी अर्को मुद्दालाई पनि सोही हदम्यादभित्र परेको भनी कायम गर्न मिल्ने नदेखिने । (प्रकरण नं. १८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1259वि.सं. २०३६संयुक्त इजलास

वेरीतको आदेश बदर गरी पाउँ

(१) रिट निवेदन दर्ता गर्न आउनेले आफ्नो निवेदनपत्रमा निजको संविधानको भाग ३ द्वारा प्रदत्त कुन हक कसरी हनन भयो सो प्रष्ट उल्लेख भएको हुनुपर्ने सो कुनै कुराको रीत पुगेको छ छैन भनी हेर्न स.अ.नियमावलीको नियम ५९(१) मा जाँच्ने अधिकार प्रदान गरेको छ । (प्रकरण नं. २)

नजिर सार पढ्नुहोस् →
नि.नं. 1258वि.सं. २०३६संयुक्त इजलास

उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश पूर्जी जारी गरिपाउँ

(१) मतदाताको उमेर २१ वर्ष पुगेको हुनुपर्ने भन्ने कुरा जनमत संग्रहको लागि निर्धारित भएको छुट्टाछुट्टै तात्पर्यको लागि वालिग भनी प्रचलित कानूनमा तोकिएको व्यवस्थासँग बाझिने गरिरहेको भन्ने निवेदन जिकिर युक्तिसंगत नदेखिने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →