सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २७४ / ४४०

नि.नं. 3982वि.सं. २०४६एक न्यायाधीशको इजलास

उत्प्रेषण

§ तथ्यगत त्रुटि केलाई हेर्ने हो भने पुनरावेदनको कार्यविधि अपनाई नक्शा, किल्ला सीमाना भिडाई निर्णय गर्नु पर्ने हुन जान्छ । रिट क्षेत्रबाट त्यसरी हेर्न नमिल्ने । (प्रकरण नं. ५) § तथ्यहरुमा प्रवेश नगरी कुनै कानुनी त्रुटि रहेको भएको स्पष्ट देखिने अवस्थाको नभई रिट…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3981वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

§ आफ्नो अधिकार क्षेत्र भित्रको कुरामा मिलापत्र गर्न संयुक्त दर्खास्त लिँदा पनि आफ्नो अधिकार क्षेत्र भित्रकै कुरामा सीमित राखी दर्खास्त लिनु पर्ने । (प्रकरण नं. १२) § आफ्नो अधिकार क्षेत्र भित्र नपर्ने गर्भको कुरा समेत संयुक्त दर्खास्तमा उल्लेख भएको र त्यस्तो दर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3980वि.सं. २०४६संयुक्त इजलास

तहविल मसौट

§ संथान ऐन, २०२१ को दफा ३(४) ले संस्थानले वा संस्था उपर मुद्दा लाग्न सक्ने व्यवस्था गरी नेपाल खाद्य संस्थानको विनियम, २०३१ को परिच्छेद १ को नियम २(५) ले संस्थानको सम्पूर्ण कार्य सम्पादन गर्ने गराउने उत्तरदायित्व महाप्रबन्धकको हुनेछ भन्ने व्यवस्था गरेकोबाट संस्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3979वि.सं. २०४६संयुक्त इजलास

कर्तव्य ज्यान

§ धम्की दिएको कारणबाट बाबुको भनाईमा लागेर आफ्नो व्यक्तिगत रिसइवी वा स्वार्थ नभएको एस.एल.सी. पढ्ने नवयुबक अपराध गर्दाको अवस्था १७ वर्षको देखिँदा मु.ऐ.ज्यानसम्बन्धी १३(४) अनुसारको सजायँ गर्दा चर्को पर्न जाने हुँदा अ.बं. १८८ नं. अनुसार १० वर्ष कैद हुने । (प्रकरण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3978वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

§ उद्योग ऐन संशोधन हुनु अगावै सेवा उद्योगको रुपमा दर्ता भएको र सुविधा निहित उद्योग भएकोले संशोधित ऐनको प्रावधान निवेदकको सेवा उद्योगको हकमा आकर्षित हुन्छ भन्न मिल्ने देखिँदैन साथै उद्योगको स्थापनाको लागि आवश्यक हुने मेसिनरीज पार्टपूर्जा पटक पटक आउने नभई एकपटक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3977वि.सं. २०४६संयुक्त इजलास

लेनदेन

§ अपुताली नखाए पनि सदगत गर्नु गराउनु पर्ने कानुनी कर्तव्यका साथै एक हिन्दूको सांस्कृतिक तथा धार्मिक कर्तव्य समेत भएबाट सदगत गरेकै कारणबाट मृतकको अपुताली त्यस्तो सदगत गर्नेले खाएकै होला भन्न नमिल्ने । (प्रकरण नं. १५) § तथ्यगत रुपमा के कति अपुताली खाएकोले के कति…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3976वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

§ पुनरावेदन तहबाट सजायँ घटाउने गरी निर्णय गरिंदा शुरु कारवाही गरिंदाको अवस्थामा अपनाइनु पर्ने कार्यविधि अपनाई निजलाई स्पष्टिकरणको मौका दिइरहनु पर्ने कानुनी व्यवस्था नभएकोले र यस्तो परिपाटी व्यवहारिक पनि नहुँदा निवेदकको सफाइको मौका दिइएन भन्ने जिकिर मनासिब नदेख…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3975वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

§ निवेदकलाई ठेक्का सम्झौता गर्न बोलाइएकोमा बराबर सम्पूर्ण ठेक्का पाउनु पर्ने जिकिर साथ विपक्षी कार्यालयमा निवेदन गरेको र सो बमोजिम ठेक्का गर्न मन्जूर रहेको देखिन्छ, यस्तो अवस्थामा आर्थिक प्रशासन सम्बन्धी नियमहरु, २०४२ को नियम ३५(२)(३) बमोजिम निवेदकको जमानत जफत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3974वि.सं. २०४६संयुक्त इजलास

वाक तथा प्रकाशन स्वतन्त्रता

§ वादीले लिएको दावीको समर्थन हुने स्वतन्त्र आधार प्रमाणको अभावमा वाक तथा प्रकाशन स्वन्त्रता ऐन, २०३७ को दफा २ को उपदफा (३)(ग) विपरीत कसूर गरेको ठहर्‍याई प्रतिवादीलाई जरीवाना गरेको इन्साफ बदर गर्ने गरी गरेको इन्साफ मिलेकै देखिँदा सदर हुने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3973वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

§ शिक्षा नियमावली, २०२८ को नियम २८(२)(क) हेर्दा विद्यालयका शिक्षकलाई विभागीय सजायँ गर्ने सम्बन्धमा बर्खास्त गर्ने सजायँका लागि विद्यालयका प्रधानअध्यापकलाई अधिकार रहे भएको नपाइने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3972वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

§ बिक्री गर्ने मालको मूल्यको आधारमा व्यापार कर लगाउनु पर्नेमा सो बमोजिम नगरी निवेदकको मदिरा उत्पादनको प्रतिलिटरको आधारमा व्यापार कर लगाउने भनी विपक्षी नगर सभाबाट भएको निर्णय र सो बमोजिम विपक्षी नगरपञ्चायतको पत्रानुसार विपक्षी ठेकेदारबाट व्यापार कर उठाउने गरेको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3971वि.सं. २०४६संयुक्त इजलास

दर्ता बदर

§ दर्ता गर्ने गरेको निर्णय नै बदर नभएसम्म सो निर्णयानुसार गरिएको दर्ता पनि बदर हुन नसक्ने । (प्रकरण नं. १६) § मुद्दा पर्दाका बखतमा दर्ता हक नै नभएका व्यक्तिलाई प्रतिवादी बनाएको एवं कानुनको हदम्याद समेत नघाई ल्याएको फिरादपत्रबाट इन्साफ तहकिकात गर्न नमिल्ने । (प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3970वि.सं. २०४६संयुक्त इजलास

फैसला दर्ता बदर

§ फिराद अ.बं. ८६ नं. को हदम्याद भित्र परेको स्थितिमा हदम्याद नाघी फिराद दायर भएको मान्न मिल्ने नदेखिने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3969वि.सं. २०४६संयुक्त इजलास

माना चामल

§ लोग्ने स्वास्नीको ४ नं. मा सासू ससुराले मात्र निकाला गरेकोमा इज्जत आमद अनुसार खान लाउन दिनुपर्छ भन्ने बोली परेकोबाट वादीहरुले सासू ससुरा उपर दावी नलिई लोग्ने बाबु विपक्षी उपर मात्र दावी लिएको देखिन आउँछ, लोग्ने स्वास्नीको ४ नं. अनुसार ईज्जत आमद अनुसार खान ला…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3968वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

§ कागज गराएको भन्ने कतैबाट देखिन नआएको अवस्थामा त्यस तर्फ जबरजस्ती गराइएको कागज बदर गरिपाउँ भन्ने निवेदन जिकिर पुग्न नसक्ने हुँदा रिट जारी गर्ने अवस्था नरहने । (प्रकरण नं. १२) § जग्गाको नामसारी दा.खा. जस्ता कार्य अञ्चलाधीशको आदेशद्वारा रोक्का राख्न सकिने कानुन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3967वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण वा जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ

§ कानुनी एवं न्यायिक वा अर्धन्यायिक निकायबाट नभएका त्यस्तो निर्णयको कुनै कानुनी मान्यता नभई त्यस्तो निर्णय सुन्यको स्थिति हुने । (प्रकरण नं. १०) § निवेदन जिकिर अनुसारको निर्णय भएको समेत नदेखिँदा त्यस्ता संगठनलाई प्रतिषेध जारी गरियोस् भन्ने समेत निवेदक तर्फका व…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3966वि.सं. २०४६संयुक्त इजलास

अंश

§ अंश पाउने सुरु ठहर भई सकेपछि जन्मेका छोराहरुमा बण्डा हुनु पर्ने भन्ने पुनरावेदन जिकिर मिल्न आउने नदेखिने । (प्रकरण नं. १८) § अदालतबाट अंशियार कायम भई सकेपछि जन्मेका अंशियारको कानुन बमोजिम नालेश परेको बखत कानुन बमोजिम हुने नै हुँदा प्रस्तुत मुद्दाबाट विचार गर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3965वि.सं. २०४६संयुक्त इजलास

डाँका

§ आफू समेत कसूरमा सामेल रहेको व्यक्तिले अन्य व्यक्तिलाई कसूरमा मुछी पोल गरी मर्नु पूर्व व्यक्त गरेको कुरालाई लेखबद्ध गरी राखेको नहुँदा त्यस्तो लेखबद्ध नभई मौखिक भनाईलाई मृत्युकालीन घोषणाको रुपमा प्रमाणमा लिन हुन्छ भन्न नमिल्ने । (प्रकरण नं. ३१) § वारदातमा सरिक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3964वि.सं. २०४६संयुक्त इजलास

परमादेश

§ आफ्नो खानी क्षेत्रबाट कसले कति खानी पदार्थ प्रयोग गरे बापत के कति रकम पाउनु पर्ने भन्ने हो सो कुरा खुलाई ऐनका म्यादभित्र रीतपूर्वक नालेश दिएमा कानुन बमोजिम हुने नै हुँदा रिट क्षेत्रबाट यसबाट यो यति रकम क्षतिपूर्ति भराई दिनु भनी हिसाब गरी निर्णय गर्न नमिल्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3963वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

§ कानुन बमोजिम अख्तियार प्राप्त अधिकारीले कानुन बमोजिम दिएको आदेश निर्देशनसम्म कानुनी हुने, उद्योगलाई नसिहत र चेतावनी समेत दिने अधिकार कारखाना निरीक्षकलाई कानुनले प्रत्यायोजन गरेको नदेखिँदा निजले दिएको आदेश निर्देश, कानुनी मान्न नमिल्ने । (प्रकरण नं. ११ )

नजिर सार पढ्नुहोस् →
नि.नं. 3962वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरिपाउँ

(१) निवेदक बैठकमा उपस्थित हुन नसकेको बारे निजलाई कुनै प्रकारको सफाईको मौका दिइएको नदेखिँदा सफाइको मौका नदिई लगातार तीन पटकसम्म बैठकमा उपस्थित नरहेको भन्ने आधारमा मात्र, पदबाट हटाउने पर्याप्त कारण मान्न नसकिने । ( प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3961वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

§ दिदीको मृत्युपछि निजको अपुताली बहिनीले पाउने सम्बन्धी कानुनी व्यवस्था मुलुकी ऐन अपुतालीको महलले गरेको नपाइने । (प्रकरण नं. ६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3959वि.सं. २०४६संयुक्त इजलास

लागू औषध गाँजा

§ अन्य स्वतन्त्र सबूद प्रमाणको अभावमा सहअभियुक्तको पोलको भरमा कसूरदार ठहर्‍याउन त्यस्ता सहअभियुक्तको पोल स्वतन्त्र र विश्वसनीय हुन आवश्यक हुन्छ, शंकास्पद कसूरदार ठहर्‍याउँदा अन्याय पनि पर्न सक्ने हुँदा सहअभियुक्तको पोललाई राम्रो तवरले केलाई निर्णयमा पुग्नु पर्…

नजिर सार पढ्नुहोस् →