सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २७५ / ४४०

नि.नं. 3958वि.सं. २०४६संयुक्त इजलास

जिउ मास्ने बेच्ने

§ अभियुक्तहरु उपरको आरोप, जोहरवालाको जाहेरी र बकपत्र बाहेक अन्य संकलित प्रमाणबाट पुष्टि हुन सकेको नपाइँदा केवल जाहेरी दर्खास्तकै आधारमा जिउ मास्ने बेच्ने जस्तो गम्भीर अपराधमा अभियुक्तलाई दोषी ठहर गर्न कानुनसंगत नहुने । (प्रकरण नं. १६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3957वि.सं. २०४६संयुक्त इजलास

खिचोला

§ लिखतमा बाटो उल्लेख नहुँदैमा सो जग्गाको प्रवेश मार्ग रहँदैन दावी गर्न मिल्दैन भन्नु कानुनसंगत नहुने । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3956वि.सं. २०४६संयुक्त इजलास

लिलाम बदर

§ केवल सम्बन्धित पञ्चायतको प्रतिनिधिको रुपमा मुखिया भनी लेखिएकै आधारमा पञ्चायतको प्रतिनिधि नरहेको भन्न मान्न सारगर्भीत हुँदैन । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3954वि.सं. २०४६पूर्ण इजलास

उत्प्रेषण

§ आफ्नो हक अधिकार हनन् भएमा त्यस्को उपचार प्राप्त गर्न पक्ष स्वयं पनि सजक हुनु पर्दछ, अदालतबाट गरिएको आदेशबाट आफ्नो हक अधिकार कुण्ठित भएको भए आफ्नै उपस्थितिमा भएको आदेश बदर गराउन मनासिब समय मै उपचारको मार्ग अवलम्बन गर्नुपर्ने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3953वि.सं. २०४६संयुक्त इजलास

अन्तरिम आदेश जारी गरिपाउँ

§ यो यस्तो अपराध गरेको भन्ने सम्बन्धमा अनुसन्धान भएको भन्ने अभियोग लगाइएको देखिनु बेगर निवेदकहरु उपर भ्रष्टाचार निवारण ऐनको परिच्छेद २ अन्तर्गत पर्ने अपराधको सम्बन्धमा कुनै उजूरी वा प्रतिवेदन परेको हुनसक्ने भन्ने अनुमानको आधारमा विपक्षी विशेष प्रहरी विभागले गर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3952वि.सं. २०४६संयुक्त इजलास

अंश नामसारी

§ बण्डा गर्नु पर्ने कुनै पैतृक सम्पत्ति नभएको भन्ने देखिएको यस्तो अवस्थामा छुट्टिभिन्न हुँदा कुनै बण्डापत्र खडा हुने स्थिति नै नरहेकोले पास भएको बण्डापत्र नभएको कारणबाट वादी प्रतिवादीहरुको बीच बण्डा नै नभएको भन्न सकिने अवस्था नभएको । (प्रकरण नं. १२) § जसको बण्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3951वि.सं. २०४६संयुक्त इजलास

नापी दर्ता बदर

§ वादीका राजीनामाको जग्गा हो वा प्रतिवादी जिकिर बमोजिम मोल बिगो खुलाउन नसकिने सार्वजनिक गौचरण जग्गा हो भन्ने मुख्य निर्णय दिनु पर्ने अवस्थामा वादीले दावी गर्दा आफ्नो निजी हकको भनी दावी लिँदा देखाएको मोल बिगोलाई प्रतिवादी जिकिरको सार्वजनिक गौचरणको जग्गाको मोल ब…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3950वि.सं. २०४६संयुक्त इजलास

जग्गा खिचोला मेटाई चलन चलाई पाउँ

§ जिल्ला अदालतमा दायर भई कारवाही चली रहेको अवस्था राजपत्रमा प्रकाशित सूचनाले प्रत्यायोजन गरिएको निकायमा सरी कारवाही हुँदै रहेको अवस्था उक्त निकाय खारेज भएपछि ऐनले तोकेको निकायले हेरी निर्णय गरिएको अनाधिकृत निकायबाट हेरी निर्णय गरिएको भन्न नमिल्ने । (प्रकरण नं.…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3948वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

§ व्यक्ति विशेषको हक अधिकार नरहेको पोखरीलाई अधिकार प्राप्त निकाय नगरपञ्चायतले नगरपञ्चायत कै हुने भनी गरेको निर्णयलाई गैरकानुनी भन्न नसकिने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3947वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण सहित परमादेश

§ निर्णयमा एकातर्फ झुकाउ (Bias) हुन सक्ने गरी गरिएको प्रमाण संकलनलाई कायम राख्दा पछि निवेदकको हितमा विपरीत असर समेत पर्न जाने बढी सम्भावना हुँदा पछि गरिने निर्णयलाई पर्खिरहनु पर्ने आवश्यकता नदेखिने । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3946वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

§ कानुनद्वारा तोकिएको सम्पूर्ण सदस्यहरुको अभावमा गरिएको वनक्षेत्र सुदृढीकरण उच्चस्तरीय आयोगको निर्णय कानुन अनुरुप भएको नदेखिंदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3945वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण, परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरिपाउँ

§ नदी उकास भएको जग्गा निवेदक बाहेक अन्य कुनै व्यक्तिले विवाद उठाएको वा सकार गरेको भन्ने नदेखिँदा विभागको परिपत्रले कानुनको रुपधारण गर्न नसक्ने । तसर्थ ज.मि. को २ नं. र ज.प. को ८ नं. को कानुनी व्यवस्था अनुसार निवेदकको नाममा विवादको जग्गा दर्ता गरिदिनमा कुनै कान…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3944वि.सं. २०४६संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

§ मु. ऐन दण्ड सजायँको ३८(४) नं. अनुसारको कार्यविधि पूरा गरी नपुग रकममा मात्र थुनामा राख्नु पर्ने देखिँदा सो अनुसारको कार्यविधि ३ महिना भित्र पूरा गर्नु भनी जिल्ला अदालतका नाउँमा परमादेश जारी हुने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3943वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

§ प्रहरी नियमावली बमोजिम जाँचबुझको सिलसिलामा जाँचबुझ अधिकृत प्रहरी उपरीक्षक मुकरर भई अधिकार प्राप्त अधिकृतबाट स्पष्टिकरण लिने कारवाही भएको हो भन्ने कुरा कारवाहीको सम्बन्धमा सोधिएको स्पष्टिकरणबाट देखिन्न । यस्तो कारवाहीलाई कानुनसंगत मान्न नमिल्ने । (प्रकरण नं.…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3942वि.सं. २०४६संयुक्त इजलास

अंश

§ अंश बण्डाको १८ नं. संशोधन हुनुभन्दा अगावै सगोलमा रहँदाको अवस्थामा प्राप्त गरेको विवादको सम्पत्तिलाई आमाको आर्जनको आफूखुस गर्न पाउने बण्डा नहुने भन्न नमिल्ने। (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3941वि.सं. २०४६संयुक्त इजलास

लेनदेन

§ जिल्ला अदालतले कानुनी व्यवस्था बमोजिम जरिवाना गरी इन्साफ गरेको र कानुन बमोजिम जरिवाना गरी इन्साफ गर्न मिल्ने देखिँदा सो कागजबाट इन्साफ गर्न मिल्दैन भन्न नमिल्ने । (प्रकरण नं. १५) § विवादित कागज विशेषज्ञलाई जचाउँदा भरपाईमा परेको सहिछाप माथि अन्य व्यहोरा लेखिए…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3940वि.सं. २०४६संयुक्त इजलास

लुटपिट

§ वारदात भएको समय आफू वारदात स्थलमा नरहेको भनी प्रतिवादीले लिएको ब्ष्दिष् को जिकिर निजले प्रस्तुत गरेका साक्षी प्रमाणबाट समेत पुष्टि हुन नसकी निजले लुटपिट गरेको प्रतीत हुन आएको । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3939वि.सं. २०४६संयुक्त इजलास

अपुताली हक कायम दर्ता समेत

§ अपुतालीको २ नं. को व्यवस्थाले २ वा २ भन्दा बढी छोरी भएको अवस्थामा मर्ने व्यक्तिलाई स्याहार सम्भार गरी पालेको आधारमा त्यस्ता पाल्ने छोरीले मात्र एकलौटी अपुताली खान पाउने भन्ने नदेखिने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3938वि.सं. २०४६संयुक्त इजलास

परमादेश

§ निवेदकलाई जग्गा प्राप्त गर्ने कानुनी व्यवस्था बमोजिम सूचना जानकारी दिएको भन्ने पनि देखिन आएन तसर्थ निवेदकलाई असर पर्ने गरी कानुन प्रतिकूल विजुलीको तार निवेदकको जग्गा माथि पर्ने गरी लगेको देखिन आएकोले निवेदकको जग्गामा असर नपर्ने गरी सो तार निवेदकको जग्गाबाट स…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3937वि.सं. २०४६संयुक्त इजलास

अंश

§ वादीले छुट्टी भिन्न भएको होइन भने पनि प्रतिवादीले व्यवहार प्रमाणबाट छुट्टी भिन्न भएको भन्ने जिकिर लिएपछि सो जिकिरको खण्डन गर्ने सबूद प्रमाण पेश गर्नुपर्ने दायित्व वादीको रहँदैन भन्न नमिल्ने । (प्रकरण नं. १३) § वादीले भोग र बिक्रीको कुरालाई अन्यथा प्रमाणित गर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3936वि.सं. २०४६संयुक्त इजलास

उत्प्रेषण

§ कानुन बमोजिम लेखापढीको काम गर्ने दायित्व लिएका प्रमाणपत्रवालाले झुठ्ठा मानिस खडा गरी लिखत तयार गरेको काम कारवाइलाई कानुन व्यवसायी नियमावली, २०२५ को नियम २७ अनुकूलको आचरण मान्न नसकिने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3935वि.सं. २०४६संयुक्त इजलास

मिलापत्र बदर हक कायम

§ अंशबण्डा र मानो छुट्टिएको प्रमाणको अभावमा अंशियारका नाउँमा निर्माण भएको घरलाई अन्यथा प्रमाणित हुन नसकेको अवस्थामा प्रमाण ऐन, २०३१ को दफा ६ समेतको आधारमा सगोलको नै मान्नु पर्ने । (प्रकरण नं. २१)

नजिर सार पढ्नुहोस् →