नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3951 · वि.सं. २०४६
नि.नं. 3951 — नापी दर्ता बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वादीका राजीनामाको जग्गा हो वा प्रतिवादी जिकिर बमोजिम मोल बिगो खुलाउन नसकिने सार्वजनिक गौचरण जग्गा हो भन्ने मुख्य निर्णय दिनु पर्ने अवस्थामा वादीले दावी गर्दा आफ्नो निजी हकको भनी दावी लिँदा देखाएको मोल बिगोलाई प्रतिवादी जिकिरको सार्वजनिक गौचरणको जग्गाको मोल बिगो मानी मोल बिगो खुलेको सन्धीसर्पन गौचरण सम्बन्धी मुद्दा भन्न नमिली प्र. को जिकिरबाट न्या. प्र.सु. ऐन, २०३१ को दफा १३(१)(ख) अन्तर्गत पर्ने विषयको प्रकृतिले बिगो खुल्न नसक्ने सन्धीसर्पन गौचरण सम्बन्धी मुद्दा देखिएको । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3951 |
|---|---|
| मुद्दाको विषय | नापी दर्ता बदर |
| निर्णय वर्ष / मिति | 2046/08/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४६, नि.नं. 3951 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
