नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3941 · वि.सं. २०४६

नि.नं. 3941 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ जिल्ला अदालतले कानुनी व्यवस्था बमोजिम जरिवाना गरी इन्साफ गरेको र कानुन बमोजिम जरिवाना गरी इन्साफ गर्न मिल्ने देखिँदा सो कागजबाट इन्साफ गर्न मिल्दैन भन्न नमिल्ने । (प्रकरण नं. १५) § विवादित कागज विशेषज्ञलाई जचाउँदा भरपाईमा परेको सहिछाप माथि अन्य व्यहोरा लेखिएको कागज हो भनी विशेषज्ञको राय भएको पाइन्छ, सोही कुरालाई समर्थन गरी विशेषज्ञले अदालतमा बकपत्र समेत गरेकोले त्यस्तो कागजलाई सद्दे साँचो व्यवहार भन्न मिलेन । (प्रकरण नं. १६) § लिखतमा लेखिएको भन्दा बढी व्याज नपाउने । (प्रकरण नं. १७) § लिखतमा लेखिएको व्याजदर महीनाको भन्ने नलेखिएको, वादी दावीमा महीनाको व्याज हो भन्ने देखिँदैन र चलन चल्तीमा सालको व्याजको गणना समेत हुने हुँदा सयकडा दुइको तत्काल प्रचलित विनिमय दरले हुने रु. २।९० को दरले व्याज र साँवा समेत वादीले प्रतिवादीबाट भराई पाउने । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3941
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2046/09/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3941
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्