नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3969 · वि.सं. २०४६

नि.नं. 3969 — माना चामल

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ लोग्ने स्वास्नीको ४ नं. मा सासू ससुराले मात्र निकाला गरेकोमा इज्जत आमद अनुसार खान लाउन दिनुपर्छ भन्ने बोली परेकोबाट वादीहरुले सासू ससुरा उपर दावी नलिई लोग्ने बाबु विपक्षी उपर मात्र दावी लिएको देखिन आउँछ, लोग्ने स्वास्नीको ४ नं. अनुसार ईज्जत आमद अनुसार खान लाउनको लागि लोग्ने बाबु उपर दावी आउने स्थिति नदेखिने। (प्रकरण नं. १७) § वादी छोरा र स्वास्नीको प्रतिवादी लोग्ने उपर माना चामलमा दावी हुँदा प्रस्तुत मुद्दामा लोग्ने स्वास्नीको ४ नं. अन्तर्गतको दावी रहेछ भन्ने अवस्था नदेखिने । (प्रकरण नं. १८) § अंशबण्डाको महलको १० नं. बमोजिम माना चामल भराउने हदम्याद सो ऐनमा उल्लेख नभएको हुँदा अ.बं. ३६ नं. लाई नै अंगाल्नु पर्ने । (प्रकरण नं. १९) § अंशबण्डाको महलमा समेत १ वर्षको माना चामल मात्र भराउनु पर्छ भन्ने कानुनी व्यवस्था भएको नदेखिने । (प्रकरण नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3969
मुद्दाको विषयमाना चामल
निर्णय वर्ष / मिति2046/10/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3969
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्