नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3977 · वि.सं. २०४६
नि.नं. 3977 — लेनदेन
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अपुताली नखाए पनि सदगत गर्नु गराउनु पर्ने कानुनी कर्तव्यका साथै एक हिन्दूको सांस्कृतिक तथा धार्मिक कर्तव्य समेत भएबाट सदगत गरेकै कारणबाट मृतकको अपुताली त्यस्तो सदगत गर्नेले खाएकै होला भन्न नमिल्ने । (प्रकरण नं. १५) § तथ्यगत रुपमा के कति अपुताली खाएकोले के कति रकम भराई पाउने हो वादीले प्रष्ट दावी लिन सक्नु पर्ने । (प्रकरण नं. १५) § हालैदेखिको बकसपत्रबाट सम्पत्ति पाउनु र अपुतालीबाट सम्पत्ति पाउनु बेग्ला बेग्लै कुरा हुन् । (प्रकरण नं. १६) § साक्षीले अपुताली खाएकै हो भनी बकेकै भरमा त्यसलाई पुष्टि गर्ने भरपर्दो अन्य प्रमाणको अभावमा अपुताली खाएको मान्न नमिल्ने । (प्रकरण नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3977 |
|---|---|
| मुद्दाको विषय | लेनदेन |
| निर्णय वर्ष / मिति | 2046/09/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४६, नि.नं. 3977 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
