नकवजनी चोरी
(१) राजदुतावासमा भएको चोरी सम्बन्धी मुद्दालाई लम्बाई राख्नु उचित समेत नहुँदा यस मुद्दालाई प्राथमिकता दिई यो प्रतिवेदन दाखिल भएको मितिले ३ (तीन) महीना भित्र मुद्दा किनारा गरी नतिजाको जनाउ दिने । (प्रकरण नं. १)
नजिर सार पढ्नुहोस् →सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)
निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।
कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २६७ / ४४०
(१) राजदुतावासमा भएको चोरी सम्बन्धी मुद्दालाई लम्बाई राख्नु उचित समेत नहुँदा यस मुद्दालाई प्राथमिकता दिई यो प्रतिवेदन दाखिल भएको मितिले ३ (तीन) महीना भित्र मुद्दा किनारा गरी नतिजाको जनाउ दिने । (प्रकरण नं. १)
नजिर सार पढ्नुहोस् →(१) आफूसित बच्चा समेत स्याहार्ने कबूल गरी शारीरिक सम्बन्ध राखी पेट समेत बोकाएकाले, अरुसित विवाह गरी छाडी गएको पिरले आफूले पनि विष खाने र आफ्ना बालबच्चालाई पनि विष खुवाई मार्ने नियतले कसैलाई केही नभनी विष खाई खुवाई सुतेको भन्ने प्रहरी कागजकै कुरा साँचो देखिन आए…
नजिर सार पढ्नुहोस् →(१) वारदात हुँदैका अवस्था अभियुक्त कहीं कतै गई मार्ने नियत लिई कुनै साधन जुटाएको नभई वारदात भएकै स्थलमा तीनैजना अभियुक्तहरुले तत्काल उठेको रिसमा कुटपिट तथा मुखमा बुझो समेत लगाई दिएकोबाट मर्ने र सोहीको सानो बच्चा समेत मर्न गएको देखिन्छ, वारदातको यही प्रकृतिलाई…
नजिर सार पढ्नुहोस् →(१) उद्योगले इजाजत प्राप्त गर्दाका अवस्थामा पाएको सुविधा निजले प्रयोग गर्न पाउँदैन भन्न नमिल्ने । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →(१) निवेदकलाई कैद सजायँ गरेको मिलेको छ छैन भनी पुनरावेदन दायर रहेको अवस्थामा मुद्दाको औचित्यमा प्रवेश गरी रिट क्षेत्रबाट विचार गर्न नमिल्ने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →(१) वादीले आफ्नु बाबुको भागबाट एक भाग पाउने हुँदा जम्मा सम्पत्तिको ६ भागको १ भाग मात्र नरम करम मिलाई लिन पाउने ठहर्छ संयुक्त नाम दर्ताको कारणले ५ भागको १ भाग पाउने गरी गरेको बा.अं.अ. को निर्णय उपर म.क्षे.अ. ले पुनरावेदनको अनुमति नदिने गरी गरेको आदेश समेत नमिले…
नजिर सार पढ्नुहोस् →(१) प्रतिवादी अदालतबाट जारी भएको म्यादमा हाजिर नभई फरार रही बसेका र जाहेरी किटानी परेको समेतबाट मृतक झुण्डी मरेको नभई प्रतिवादीले कर्तव्य गरी मारेको देखिँदा निजलाई वादी दावी बमोजिम मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) नं. अनुसार सर्वश्वसहित जन्मकैद हुने । (प्रकरण न…
नजिर सार पढ्नुहोस् →(१) आफ्नो अख्तियारी भित्र रही सम्झाउने बुझाउनेसम्म कार्य अञ्चलाधीश कार्यालयबाट गर्न नपाउने भन्न नमिल्ने । (प्रकरण नं. ८)
नजिर सार पढ्नुहोस् →(१) सुरक्षण बापत दृष्टिबन्धक राखेको अचल सम्पत्ति ग्यारेण्टी रकमसम्मको लागि लिलाम बिक्री गरी असूल उपर गर्न सक्ने अधिकार वाणिज्य बैंक ऐन, २०३१ को दफा ४७(क) अनुसार नेपाल बैंक लिमिटेड प्रधान कार्यालयलाई रहे भएको देखिने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →(१) भोग व्यवहार आदिबाट यी वादी प्रतिवादीको बीच अघि वटवारा बण्डा भइसकेको देखिँदा वादीले प्रतिवादीबाट अंश पाउने गरी गरेको शुरु अदालतको फैसलामा अञ्चल अदालतले सदर गरेको र सोमा अनुमति प्रदान नगर्ने गरेको क्षेत्रीय अदालतको इन्साफ नमिल्ने । (प्रकरण नं. १८)
नजिर सार पढ्नुहोस् →(१) कुनै पनि अड्डा अदालतमा तत्काल बहाल रहेको कानुन बमोजिम परिरहेको पुनरावेदन अन्यत्र सर्ने भए त्यस्तो सर्ने कुरा कानुनमा प्रष्ट रुपले उल्लेख हुनु पर्ने । (प्रकरण नं. ११) (२) तथ्य र प्रमाणको मूल्यांकन रिट क्षेत्रबाट नहुने । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →(१) निवेदकले प्रस्तुत मुद्दामा छुटकारा पाइसकेको भन्ने देखिँदा रिट निवेदकको माग बमोजिम विचार गरी बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिरहनु नपर्ने । (प्रकरण नं. १८)
नजिर सार पढ्नुहोस् →(१) अख्तियार दुरुपयोग निवारण नियमावली, २०३४ को नियम २९(१) मा व्यवस्था नै नभएको अधिकार प्रयोग गरी निवेदकको बयान हुन नसक्दासम्मको अवधिको लागि छानबीन अधिकृतको आदेशानुसारको पुर्जी बमोजिम थुनामा राखेको प्रत्यर्थीहरुको काम कारवाही गैरकानुनी देखिने । (प्रकरण नं. २१)
नजिर सार पढ्नुहोस् →(१) अनधिकृत अधिकारीबाट भएको खानतलासी मुचुल्काले कानुनी मान्यता पाउँछ भन्न नमिल्ने । (प्रकरण नं. २७) (२) कानुनले जे जति व्यक्तिलाई साक्षी राख्न भनेको छ त्यो भन्दा कम साक्षी राख्न नमिल्ने । (प्रकरण नं. २८) (३) खानतलासी बरामदी मुचुल्का बेरीत एवं गैरकानुनी देखिँदा…
नजिर सार पढ्नुहोस् →(१) मार्ने योजना सुनियोजित देखिन्छ, तत्काल कुनै आवेशमा आई मारेको देखिँदैन, त्यस्तो अवस्थामा अ.बं. १८८ नं. को प्रयोग गरी घटी सजायँ होस् भन्ने प्रतिवादी पुनरावेदकतर्फका विद्वान अधिवक्ताको बहस संग सहमत हुन नसक्ने । (प्रकरण नं. १७)
नजिर सार पढ्नुहोस् →(१) प्रस्तुत मुद्दाको फिराद अर्को कीर्ते मुद्दाको फिराद समेत एकै मितिमा परेको देखिँदा यस्तोमा एउटा नालेश दिएपछि प्रतिवादी हेरी जाँची बुझी अर्को फिराद दिएको भन्न नमिल्ने । (प्रकरण नं. १५) (२) एकै पटक नालेश परेकोमा एउटा नालिशको रुप विचार गरी सो मुद्दाको रुपले अर…
नजिर सार पढ्नुहोस् →(१) उचित र पर्याप्त कारण बिना नि.से.नि., २०२१ को नियम १०.१ बमोजिम सजायँ गर्न नमिल्ने । (प्रकरण नं. १२) (२) सफाइको मौका दिन अव्यवहारिकको कारण स्पष्ट एवं किटानी हुनुपर्ने । (प्रकरण नं. १२) (३) अनुमानलाई लिएर अव्यवहारिकको कारण दर्शाई पर्चा खडा गरेकोलाई अव्यवहारिक…
नजिर सार पढ्नुहोस् →(१) प्रतिवादी अदालतमा समेत आफूले बच्चा खोलामा फाली मारेमा सावित भएको र फेला परेको बच्चा आफूले फालेको बच्चा हो भनी अदालतमा बयान गर्दा समेत सकारेको देखिन आएकोले फेला परेको बच्चा आफूले फाली मारेको बच्चा होइन भन्न नमिल्ने भएकोले ज्यान मारेको भनी गरेको इन्साफ मनासि…
नजिर सार पढ्नुहोस् →(१) अख्तियार दुरुपयोगमा गिरफ्तार गरिएकालाई अनुसन्धान मौका तहकिकात वा अन्य सबूद प्रमाण संकलनको काममा ६ महीनासम्म हिरासतमा राख्न सकिने, सो भन्दा बढीसम्म हिरासतमा राख्न नमिल्ने । (प्रकरण नं. ११) (२) अख्तियार दुरुपयोग निवारण नियमावलीको नियम ३०(२) को व्यवस्था बमोजि…
नजिर सार पढ्नुहोस् →(१) स्पष्टीकरण माग गर्ने टिप्पणी महाप्रबन्धकबाटै सदर भएको देखिँदा सञ्चालक समितिको निर्णय अनुसार स्पष्टीकरण माग गरिएको भन्न नमिल्ने । (प्रकरण नं. १३)
नजिर सार पढ्नुहोस् →(१) कुनै निर्णयाधिकारीबाट गरिएको निर्णयमा ऐनको गलत उल्लेख गर्दैमा मात्र उक्त निर्णय बदर हुने होइन मूलतः निर्णयाधिकारीलाई त्यस्तो निर्णय गर्ने अधिकार प्राप्त छ छैन हेरिनु पर्ने । (प्रकरण नं. १४)
नजिर सार पढ्नुहोस् →(१) विवादित भर्पाई हेर्दा सो भर्पाईको व्यहोरा खण्डलाई मौलिक (Original) लेखाई भन्न सकिने पनि देखिएन, तमसुक कागजलाई वादीले स्वीकार नै गरी विवाद उठाएको देखिन नआएको र क्षे.अ. बाट लगाएको प्रमाण बुँदा समेतबाट सो भर्पाई कीर्ते ठहर गरी प्रतिवादीबाट सद्दे लिखतको साँवा…
नजिर सार पढ्नुहोस् →(१) दर्ता गराउने काम अड्डाको हुने भएबाट अड्डाको सुस्तिले दर्ता नभए पनि त्यस्तो जग्गामा दाताबाट खरीद गर्ने वादी पुनरावेदकको पतिको हक नपुगेको भन्न नमिल्ने । (प्रकरण नं. १३)
नजिर सार पढ्नुहोस् →(१) सम्झौताको दफाबाट जे सरल र स्वाभाविक अर्थ निक्लिन्छ त्यसको सोही अर्थ गर्नुपर्ने । (प्रकरण नं. १८) (२) शर्तनामा बमोजिम कम्ती दिनुपर्ने रहेछ भने बढी दिने स्थिति नहुने । (प्रकरण नं. १९)
नजिर सार पढ्नुहोस् →