नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4137 · वि.सं. २०४७
नि.नं. 4137 — बन्दीप्रत्यक्षीकरण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अख्तियार दुरुपयोगमा गिरफ्तार गरिएकालाई अनुसन्धान मौका तहकिकात वा अन्य सबूद प्रमाण संकलनको काममा ६ महीनासम्म हिरासतमा राख्न सकिने, सो भन्दा बढीसम्म हिरासतमा राख्न नमिल्ने । (प्रकरण नं. ११) (२) अख्तियार दुरुपयोग निवारण नियमावलीको नियम ३०(२) को व्यवस्था बमोजिम नगद धरौटी वा धनजमानी माग गरी सो नदिए बापत थुनामा राख्दा पनि नियम ३०(१) को अवधि लागू हुने भएबाट नियम ३०(२) मा उल्लेखित यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिए तापनि ..... भन्ने वाक्यांशबाट धरौटी वा जमानी नदिए बापत अनुसन्धान वा मौका तहकिकात वा अन्य सबूद प्रमाण संकलनको काममा असिमित अवधिका लागि थुनामा राख्न पाउने हो भन्न नमिल्ने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4137 |
|---|---|
| मुद्दाको विषय | बन्दीप्रत्यक्षीकरण |
| निर्णय वर्ष / मिति | 2047/04/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४७, नि.नं. 4137 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
