नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4140 · वि.सं. २०४७
नि.नं. 4140 — कीर्ते
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) प्रस्तुत मुद्दाको फिराद अर्को कीर्ते मुद्दाको फिराद समेत एकै मितिमा परेको देखिँदा यस्तोमा एउटा नालेश दिएपछि प्रतिवादी हेरी जाँची बुझी अर्को फिराद दिएको भन्न नमिल्ने । (प्रकरण नं. १५) (२) एकै पटक नालेश परेकोमा एउटा नालिशको रुप विचार गरी सो मुद्दाको रुपले अरु कुरामा पछि नालिश दिने नियत लिई नालिश दिएको भन्ने स्थिति नदेखिने । (प्रकरण नं. १५) (३) दुई बेग्लाबेग्लै कित्ताको एउटै व्यक्तिले बकस पाएको रहेछ भने त्यस्तोमा एउटै नालेश दिनु पर्ने कानुनी व्यवस्था नदेखिने । यस्तोमा एउटै नालेश दिनु पर्छ भन्न नमिल्ने । (प्रकरण नं. १५) (४) लिखतलाई अदालतले प्रमाणमा लिने हो भने सो सुनाउनु पर्ने । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4140 |
|---|---|
| मुद्दाको विषय | कीर्ते |
| निर्णय वर्ष / मिति | 2047/05/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४७, नि.नं. 4140 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
