नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4154 · वि.सं. २०४७
नि.नं. 4154 — विष खुवाई मारेको ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) आफूसित बच्चा समेत स्याहार्ने कबूल गरी शारीरिक सम्बन्ध राखी पेट समेत बोकाएकाले, अरुसित विवाह गरी छाडी गएको पिरले आफूले पनि विष खाने र आफ्ना बालबच्चालाई पनि विष खुवाई मार्ने नियतले कसैलाई केही नभनी विष खाई खुवाई सुतेको भन्ने प्रहरी कागजकै कुरा साँचो देखिन आएकोले शुरु जिल्ला अदालतले मुलुकी ऐन ज्यानसम्बन्धीको १३(२) नं. अनुसार सर्वश्वसहित जन्मकैद गर्ने ठहर्याएको इन्साफ सदर गरेको अञ्चल अदालत र क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. १६) (२) आफूलाई बालबच्चा सहित आफ्नो लोग्नेले पनि भएभरको सबै बेची छाडी गएको र बीचमा आफ्नो बालबच्चा सहितको लागि सहाराको रुपमा आफ्नो सतित्व समेत डगाई अपनाएको व्यक्तिले पनि गर्भका बच्चा सहित आफूलाई छोडी अरुसित नै विवाह गरेकोबाट आफ्नो बालबच्चाको पालन पोषणको कुनै सहारा नपाई विवश भई उक्त अपराधी काम गरेकोसम्म देखिन आएकोले निज अभियुक्तलाई सो बमोजिम सजायँ गर्दा चर्को नै पर्ने देखिएकोले सो कुरा महसूस गरी अ.बं. १८८ नं. बमोजिम कैद वर्ष १० मात्र सजायँ गर्ने ठहर्याएको पनि परिस्थितिलाई विचार गर्दा चर्को नै पर्ने देखिएकोले कैद वर्ष ६(छ) मात्र गर्ने । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4154 |
|---|---|
| मुद्दाको विषय | विष खुवाई मारेको ज्यान |
| निर्णय वर्ष / मिति | 2047/05/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४७, नि.नं. 4154 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
