नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4138 · वि.सं. २०४७
नि.नं. 4138 — ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) प्रतिवादी अदालतमा समेत आफूले बच्चा खोलामा फाली मारेमा सावित भएको र फेला परेको बच्चा आफूले फालेको बच्चा हो भनी अदालतमा बयान गर्दा समेत सकारेको देखिन आएकोले फेला परेको बच्चा आफूले फाली मारेको बच्चा होइन भन्न नमिल्ने भएकोले ज्यान मारेको भनी गरेको इन्साफ मनासिब ठहर्ने र अपराधको प्रकृति हेरी निजलाई अ.बं. १८८ नं. बमोजिम १० वर्ष कैद हुने ठहर्याएको इन्साफ मनासिब देखिने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4138 |
|---|---|
| मुद्दाको विषय | ज्यान |
| निर्णय वर्ष / मिति | 2047/04/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४७, नि.नं. 4138 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
