नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4153 · वि.सं. २०४७
नि.नं. 4153 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) वारदात हुँदैका अवस्था अभियुक्त कहीं कतै गई मार्ने नियत लिई कुनै साधन जुटाएको नभई वारदात भएकै स्थलमा तीनैजना अभियुक्तहरुले तत्काल उठेको रिसमा कुटपिट तथा मुखमा बुझो समेत लगाई दिएकोबाट मर्ने र सोहीको सानो बच्चा समेत मर्न गएको देखिन्छ, वारदातको यही प्रकृतिलाई ध्यानमा राखी यस अदालतबाट समेत यिनी अभियुक्त बाहेकका अरु अभियुक्तहरुको सम्बन्धमा ठहर गर्दा सो वारदातलाई ज्यानसम्बन्धीको १४ नं. अन्तर्गतको वारदात कायम गरी अन्तिम फैसला भइरहेको देखिन आएकोले सोही वारदातमा यिनी अभियुक्तलाई दावी बहस जिकिर बमोजिम ज्यानसम्बन्धीको १३(३) नं. अन्तर्गतको वारदात कायम गरी सोही बमोजिम सजायँ हुने भन्न कानुनले नमिल्ने । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4153 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2047/05/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४७, नि.नं. 4153 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
