सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २६६ / ४४०

नि.नं. 4179वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषण

(१) निवेदकले आयात गरेका मालसामानहरु हेर्दा उद्योगको स्थापनाको लागि चाहिने निर्माण सामाग्री र जगेडा पार्टपुर्जाहरु नै भएकोले निवेदकले भन्सार छुटको सुविधा नपाउने भन्ने नदेखिने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4178वि.सं. २०४७संयुक्त इजलास

जिऊ मास्ने बेच्ने

(१) यी प्रतिवादी समेत उपर पीडितले तथा अर्का जाहेरवालाले समेत झुठ्ठा पोल उजूर गर्नुपर्ने तथ्ययुक्त कारण प्रतिवादी तर्फबाट देखाउन सकेको पाइएन । यस अवस्थामा प्रतिवादीले बिक्री गर्ने काममा मिलेमतो गरी सहयोग गरेको देखिन आएको हुँदा ज्यू मास्ने बेच्नेको ४ नं. को कसूर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4177वि.सं. २०४७संयुक्त इजलास

नोकरीबाट हटाएको

(१) एक पटक सामान्य प्रकृया अपनाई कारवाही शुरु गरी सकेपछि सोही सामान्य प्रकृया पूरा गरी कारवाहीको टुड्डो लगाउनु पर्नेमा सो नगरी नि.से.ऐन, २०१३ को दफा ६(१) को विशेष प्रकृया अपनाई नोकरीबाट हटाउने भनी गरेको श्री ५ को सरकारको निर्णय कानुनसंगत नदेखिने । (प्रकरण नं.…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4176वि.सं. २०४७संयुक्त इजलास

अंश सट्टा भर्ना दिलाई पाउँ

(१) अंशबण्डाको २९ नं. मा भएको व्यवस्थाबाट आफ्नो अंशको सट्टा दावी गर्न अंशियारको बीच पहिले अंशबण्डा हुनु अनिवार्य गरेको । (प्रकरण नं. १९) (२) नाता कायम तर्फ भएको कारवाहीबाट वादी अंशियार कायम भई अंश पाउने नै देखिए तापनि अंशतर्फ कानुन बमोजिम उजूर गर्न जानु भनी वा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4175वि.सं. २०४७संयुक्त इजलास

कर्तव्य ज्यान

(१) गर्भ पतन गराउने उद्देश्यले सम्म योनीभित्र हात हाल्दा गर्भ पतन हुन नसकी मृत्यु हुन गएको भन्ने देखिन आएको स्थितिमा अपराधको अवस्थाबाट प्रतिवादीलाई सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्न जाने भनी शुरु अदालतको रायलाई समर्थन जनाएको क्षेत्रीय अदालतको राय मि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4174वि.सं. २०४७पूर्ण इजलास

डाँका

(१) पुनरावेदन तहबाट बिगोको अंक घटी भई जरिवाना समेत घट्न गई शुरु इन्साफ केही उल्टी भएको अवस्थामा पुनरावेदन गरेबापत थप सजायँ हुने भन्न नमिल्ने । (प्रकरण नं. २७) (२) पुनरावेदन परी सो पुनरावेदनबाट बिगोको अंक घटी जरिवाना समेत घट्न गएको अवस्थामा पुनरावेदनको प्रयोजन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4173वि.सं. २०४७एक न्यायाधीशको इजलास

उत्प्रेषण

(१) सबूत प्रमाणको मूल्यांकन गरी भएको फैसला कानुनी त्रुटिपूर्ण भन्न नमिल्ने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4172वि.सं. २०४७एक न्यायाधीशको इजलास

उत्प्रेषण

(१) हक बेहकको प्रश्न उठेपछि प्रमाणको मूल्यांकन गरी सो को निर्णय गर्ने मालपोत कार्यालयलाई अधिकार कानुनले प्रदान गरेको नदेखिएको र यस्तो प्रश्न उठेपछि अदालतबाट निर्णय गराई ल्याउनु भनी सुनाउनु पर्ने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4171वि.सं. २०४७एक न्यायाधीशको इजलास

उत्प्रेषण

(१) जुन घर जग्गाबाट बिगो भराई पाउँ भनी बिगो मुद्दामा दावी लिएको छ ती घर जग्गा समेत पछि यी पक्ष विपक्षीहरुले अंशबण्डा गरी लिनु दिनु गरेको देखिएको हुँदा उक्त बिगो भरी भराउ सम्बन्धी कारवाही बदर हुनुपर्ने भन्ने रिटनिवेदन जिकिर मनासिब नदेखिने । (प्रकरण नं. ६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4170वि.सं. २०४७एक न्यायाधीशको इजलास

बन्दीप्रत्यक्षीकरण

(१) एउटै वारदातको अपराधमा कैद र जरिवानाको सजायँ भएकोमा कैद सजायँ र जरिवाना बापत भएको कैदलाई दण्ड सजायँको ४१ नं. को व्यवस्था अन्तर्गत जिकिर बमोजिम छुट्टै कलमको सजायँ भन्न नमिल्ने । (प्रकरण नं. ६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4169वि.सं. २०४७संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

(१) चोरीका महलको तत्काल प्रचलित २८ नं. बमोजिम लागेको जरिवाना बापत हद कैद वर्ष ४ भन्दा बढी गर्न कानुनद्वारा नमिल्ने । (प्रकरण नं. १४) (२) पाँचवा पटक पारी नकवजनी चोरी गरेकोले सो बापत कैद वर्ष ३ हुने र चोरीका २८ नं. का हदले हुने कैद वर्ष ४ समेत निवेदकलाई कैद जम्म…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4168वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषण

(१) ज्यान मुद्दाबाट सर्वश्वसहित जन्मकैद बापत कानुन बमोजिम २० वर्ष कैद ठेकिई सकेपछि कारागार ऐनको दफा २४ बमोजिम कैद ठेक्न नमिल्ने भन्न नमिल्ने । (प्रकरण नं. ७) (२) कारागार ऐन, २०१९ को दफा २४ को उपदफा (६) मा देखाइएको २० वर्षको हद सोही दफाको उपदफा (३)(४) र (५) बमो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4167वि.सं. २०४७संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

(१) कैदबाट बच्नको लागि नाम बदली नागरिकता लिएको देखिएकोले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4166वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषण

(१) नाता सम्बन्धमा संयुक्त निवेदन लिने कारवाही चलाउने अधिकार प्र.जि.अ. लाई नभएको र कुनै कारवाही नगरेको भने तापनि यसबाट निवेदकको हक हितमा विपरीत असर पर्न जाने हुँदा विपक्षी प्र.जि.अ.ले लिएको संयुक्त निवेदन उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4165वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषण

(१) व्यक्तिहरुको लेनदेन विषयमा यसरी महिला न्यायिक टोलीबाट अनधिकृत रुपमा भएको कागजलाई कानुनी मान्यता दिन नमिल्ने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4164वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषण

(१) भूमिसुधार ऐनको कार्यविधि पूरा नगरी विपक्षीको नाममा मोही नामसारी गरी दिने गरेको विपक्षी कार्यालयको निर्णयमा भूमिसम्बन्धी ऐनको दफा २६(१) को त्रुटी भएको देखिंदा निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4163वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषण

(१) मुलुकी ऐन चोरीको महलको नं. १४(४) हेर्दा डाँका गर्नेलाई . . . तेस्रो पटक देखिएकोलाई जतिसुकै पटकको भए पनि बाह्र वर्ष कैद समेत गर्नु पर्ने । (प्रकरण नं. ८) (२) बिगो बापत कैद ठेक्नु पर्दा चार वर्ष भन्दा बढी ठेक्न नमिल्ने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4162वि.सं. २०४७संयुक्त इजलास

डाँका खुन

(१) सहअभियुक्तको पोल अन्य स्वतन्त्र प्रमाणबाट समर्थित भएको देखिन नआएको र मृत्यु भएको भन्ने शंकारहित प्रमाण गुज्रन नआएकोले ज्यानसम्बन्धीको १३(१) बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्‍याएको निर्णय न्यायसंगत नदेखिने । (प्रकरण नं. ४०) (२) मार्नमा सहमत भई वारदात स्थ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4161वि.सं. २०४७संयुक्त इजलास

ज्यान

(१) मृतकलाई हेलचक्राई गरी हात मुक्काबाट कुट्दा कुठाउँमा लाग्न गई भवितव्यबाटै मृत्यु हुन गएको देखिन आएको हुँदा प्रतिवादीहरुलाई ज्यानसम्बन्धीको ६(२) नं. बमोजिमको सजायँ गर्ने गरेको क्षे.अ. को इन्साफमा त्रुटि नदेखिने । (प्रकरण नं. १६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4160वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषण

(१) उत्पादित तारलाई उपयोग हुनसक्ने सम्भावनालाई ध्यानमा राखी बिक्री कर निर्धारण गर्नु विद्यमान कानुनसंगत भन्न मान्न नमिल्ने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4158वि.सं. २०४७संयुक्त इजलास

कर्तव्य ज्यान

(१) जन्मेको जातक मारी गाडेको देखिन आएकोले निजलाई मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) बमोजिम जन्मकैदको सजायँ गर्ने ठहर्‍याएको शुरु तथा अञ्चल अदालतको इन्साफ सदर गरेको क्षेत्रीय अदालतको फैसला मनासिब देखिने । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4157वि.सं. २०४७संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

(१) मिति २०४५।६।२३ र २०४६।२।८ को नजरबन्दीको आदेशलाई लिएर मात्र प्रस्तुत रिटनिवेदन पर्न आएको र रिटनिवेदन परी सकेपछि मात्र मिति २०४६।४।८ को आदेशानुसार रिटनिवेदकलाई नजरबन्दमा राखेको देखिएको हुनाले पहिलेको कुरालाई लिएर पर्न आएको यस रिटनिवेदनबाट हाल मिति २०४६।४।८ ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4156वि.सं. २०४७संयुक्त इजलास

कर्तव्य ज्यान

(१) प्रतिवादीले अदालतमा बयान गर्दा कसूरमा इन्कार रही आफू वारदात स्थलमा नभएको भनी बयान गरे पनि सो को विश्वास योग्य सबूद प्रमाण गुजार्न नसकेकोले सो इन्कारी मात्र भरपर्दो मान्न नमिल्ने । (प्रकरण नं. २०)

नजिर सार पढ्नुहोस् →