नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4177 · वि.सं. २०४७

नि.नं. 4177 — नोकरीबाट हटाएको

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) एक पटक सामान्य प्रकृया अपनाई कारवाही शुरु गरी सकेपछि सोही सामान्य प्रकृया पूरा गरी कारवाहीको टुड्डो लगाउनु पर्नेमा सो नगरी नि.से.ऐन, २०१३ को दफा ६(१) को विशेष प्रकृया अपनाई नोकरीबाट हटाउने भनी गरेको श्री ५ को सरकारको निर्णय कानुनसंगत नदेखिने । (प्रकरण नं. १२) (२) निजामती सेवा ऐन, २०१३ को दफा ६(१) को प्रतिबन्धात्मक वाक्यांश (ख) बमोजिम पर्चा खडा गर्न सकिने भए पनि कुनै निजामती कर्मचारीलाई नि.से.नि., २०२१ को नियम १०(१) बमोजिम सजायँ गर्दा उचित र पर्याप्त कारण हुनु पर्ने । (प्रकरण नं. १३) (३) कुनै पनि निजामती कर्मचारीलाई पर्चा खडा गरी हटाउँदा स्पष्ट आधार र उचित पर्याप्त कारण विद्यमान हुनु पर्ने । (प्रकरण नं. १५) (४) पर्चा खडा गरी नोकरीबाट हटाउँदा आरोप स्पष्ट रुपले किटिएको हुनुपर्ने र प्रत्येक आरोप कुन कुन कुरा र कारणमा आधारित छ सो खोल्नु पर्ने । (प्रकरण नं. १५) (५) सफाइको मौका दिन अव्यवहारिक भनी पर्चामा लेखिएको अव्यवहारिकको कारण स्पष्ट एवं किटानी हुनुपर्छ केवल अनुमानलाई लिएर अव्यवहारिकको कारण दर्शाई पर्चा खडा गरेकोलाई अव्यवहारिकको कारण भन्न नमिल्ने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4177
मुद्दाको विषयनोकरीबाट हटाएको
निर्णय वर्ष / मिति2047/07/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४७, नि.नं. 4177
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्