सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २६८ / ४४०

नि.नं. 4130वि.सं. २०४७संयुक्त इजलास

जग्गा खिचोला

(१) कागज बमोजिम भोगाधिकार भएको कुरामा विवाद नदेखिँदा कित्ता काट गर्ने गरेको निर्णय र सो बमोजिम दर्ता गर्ने गरेको कार्य समेत बदर भई वादी दावी बमोजिम वादी दावीको जग्गामा प्रतिवादीहरुले खिचोला गरेको ठहर्‍याएको अं.अ. को इन्साफ मनासिब ठहर्‍याएको क्षेत्रीय अदालतको इ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4129वि.सं. २०४७संयुक्त इजलास

लुटपिट

(१) प्रतिवादीले वादी दावी बमोजिमको जग्गाको बाली लुटपिट गरेको छैन होइन भनी केही सबूद प्रमाण समेत गुजारेको देखिन आउँदैन साथै वादीको साक्षीहरुले फिराद मिलान गरी प्रतिवादीले लुटी लगेको भन्ने देखिन आएबाट शुरु तथा अञ्चल अदालतले वादी दावी बमोजिम लुटपिट ठहर गरेको इन्स…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4128वि.सं. २०४७संयुक्त इजलास

नामसारी

(१) मा.पो. मा छुट्टाछुट्टै निवेदन दिएकोमा प्र. ले दुवैमा अंशबाट आफ्नो समेत हक लाग्ने भनी देखाई दर्ता गर्न दिन बेमन्जूर भएको देखिन आएकोबाट दुवै वादीको दावीमा प्रतिवादीको एउटै जिकिर भएकोबाट प्रतिवादीको जिकिरबाट यो दुवै मुद्दा एकै लगाउको भन्ने स्पष्ट रहेको । (प्र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4127वि.सं. २०४७संयुक्त इजलास

अंश दपोट

(१) अंशको तायदाती नदिने व्यक्तिले पनि अंश दपोट गरेको भनी मान्नु अंशबण्डाको २७ नं. को आशय विपरीत हुने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4126वि.सं. २०४७संयुक्त इजलास

परमादेश

(१) भिसाको लागि दिएको निवेदन लिन अस्वीकार गर्न कानुनन नमिल्ने भएकोले रीतपूर्वक अड्डामा पर्न आएको निवेदन लिई दर्ता गरी जो जे बुझ्नु पर्छ बुझी कानुन बमोजिम निर्णय गर्नु पर्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4125वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषण

(१) ऐनमा भएको संशोधन पश्चातको दफा १०(२) ले पनि अनुमति प्राप्त गर्दाको बखत कायम रहेको कानुनी व्यवस्था बमोजिम सुविधा सहुलियत र संरक्षण पाउने नै गरी तोकेको देखिने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4124वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषण

(१) निवेदकले आयात गरेको पल्प संकेत नं. ४७.०१ अन्तर्गत भन्सार महसूल माफी दर्शाई माल छाडी सकेपछि पुनः पल्प संकेत नं. ४८.०१ ज (५) मा पर्ने भनी गरेको भंसार विभागको निर्णय र सोको आधारमा छूट हुन गएको भन्सार महसूल दाखिल गर्न ल्याउनु भनी भंसार कार्यालयबाट लेखेको पत्र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4123वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषण मिश्रित परमादेश

(१) निवेदक उद्योगले क्राउन कर्क उत्पादन गर्ने मेसिन स्किम अनुसार पहिलोपल्ट नै झिकाएको देखिएकोले भन्सार विभागबाट ८० प्रतिशत भन्सार महसूल छूट दिन नमिल्ने भन्ने पत्रमा उल्लेखित निर्णय तथा भन्सार कार्यालयको पत्र समेत त्रुटिपूर्ण देखिएको हुँदा उत्प्रेषणको आदेशद्वार…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4122वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषण

(१) जग्गाको फिल्डबुकमा चौतारा भनी जनिएको निवेदकका नाउँमा दर्ता समेत नभएको सार्वजनिक जग्गालाई आफ्नो भनी घर बनाउन नमिल्ने । (प्ररकण नं. १०) (२) समितिको स्वीकृत बेगर बनाएको नगर योजनाभित्र पर्ने घर समेत भत्काउने आदेश दिने नगर निर्माण योजना कार्यान्वयन ऐन, २०२९ को…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4121वि.सं. २०४७संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

(१) भई आएको सरजमीन मुचुल्का समेतका आधारमा रिट निवेदक अदालतबाट भएको फैसला बमोजिम थुन्नु पर्ने व्यक्ति देखिन नआएकोले निवेदकलाई गैरकानुनी तरीकाले थुनामा राखेको देखिन आयो, अतः रिट निवेदकलाई तुरुन्त थुनाबाट छाडी दिनु भनी बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने । (प्रकर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4120वि.सं. २०४७पूर्ण इजलास

लेनदेन जालसाज कीर्ते

(१) दावी नै नलिएको कुरामा अदालतले निर्णय नगर्ने । (प्रकरण नं. १७) (२) विशेषज्ञको रायलाई अदालतले विवादित लिखतको प्रकृतिसंग भिडाई नहेरी त्यसै मान्यता दिन नमिल्ने । (प्रकरण नं. १७) (३) विशेषज्ञको विवाद देखि बाहिरको कुरालाई लिएर दिएको राय अप्राशांगिक भई ग्रहण गर्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4119वि.सं. २०४७पूर्ण इजलास

बन्दीप्रत्यक्षीकरण

(१) पहिला गरेको कसूर वा कसूरहरु बापत सजायँ गर्ने गरी फैसला भइसकेपछि कैदमा नबस्दाका अवस्थामा कसूर गरेमा वा फैसला भइसकेपछि थुनामा बसेको अवस्थामा कसूर गरेमा र थुना कैदबाट छुटेको वा भागेको अवस्थामा अर्को कसूर गरेमा त्यसरी पछि गरेको कसूरमा अदालतबाट दोषी ठहरिएमा निज…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4118वि.सं. २०४७पूर्ण इजलास

उत्प्रेषण

(१) निवेदिकाको वास्तविक ठेगानामा म्याद तामेल नगरी अन्यत्र तामेल गरेको म्यादबाट प्रतिवादको मौका प्रदान गरेको भन्न र विलम्ब गरी रिटनिवेदन दिएको भनी दोष लगाउन नमिल्ने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4116वि.सं. २०४७संयुक्त इजलास

कर्तव्य ज्यान

(१) आपसमा कुटाकुट झगडा भई मर्ने भागेबाट कुटपिटकै जोशमा लखेट्दै गई जाहेरवालाको घरबाट पक्री ल्याउँदा मर्नेले खुकुरीले समेत प्रहार गरेबाट तत्काल अरु रीसको बेग उठी लाठा ढुंगाले हाने कुटेको चोटबाट मरेको देखिन आएको हुँदा प्रतिवादीहरुलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4115वि.सं. २०४७संयुक्त इजलास

कर्तव्य ज्यान

(१) जाहेरवालाको श्रीमती मृतकसंग प्रतिवादीको लोग्नेको करणी लिनु दिनु हुँदै आएको, वारदातको दिन पनि प्रतिवादीकै सामु सो कृया भइरहेको, सो कार्यबाट असह्य भई तत्काल उठेको रिसको कारण, मृतक उपर फलामे खुर्पाले प्रहार गर्दा मृत्यु हुन गएको देखिन्छ, सो को पुष्टि प्रतिवाद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4114वि.सं. २०४७संयुक्त इजलास

हक कायम निर्णय दर्ता बदर दर्ता

(१) अड्डामा रहेको श्रेस्ताबाट देखिएको कुरामा उजुर परी अन्यथा ठहर्न आएको अवस्थामा बाहेक अड्डाको श्रेस्ताबाट देखिएको कुरालाई निवेदन नआएको कारणबाट मान्यता नपाउने भन्ने जिकिर मनासिब नदेखिने । (प्रकरण नं. १६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4113वि.सं. २०४७संयुक्त इजलास

जग्गा खिचोला चलन

(१) अर्काको हकको जग्गामा हक नै नपुग्ने व्यक्तिले गरेका जोत्ने, बाली लिने जस्ता कार्यलाई खिचोला नै मान्नु पर्ने । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4112वि.सं. २०४७संयुक्त इजलास

बाली लुटपीट

(१) अर्काको हकको जग्गाको बाली गैरकानुनी तवरले खाएकोलाई बाली लुटपीट गरेको मान्नु पर्ने । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4111वि.सं. २०४७संयुक्त इजलास

लिखत दर्ता बदर

(१) अंशबण्डाको १९(२) ले सो दफाको व्यवस्था भित्र परेमा बाबुले एकासगोलका एक भन्दा बढी स्वास्नी भएकै भए पनि सो व्यवस्थाले बन्देज लगाए बमोजिम गरी दान बकस गरी दिन बाहेक अरु किसिमले दान बकसको १ नं. बमोजिम दान बकस गरी दिन हक दिएकै देखिने । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4110वि.सं. २०४७संयुक्त इजलास

उत्प्रेषण

(१) ठाडो पर्चा भनिएको आदेशमा पर्चा खडा गर्नु पर्ने कारणको उल्लेखसम्म पनि नभएको हुँदा नि.से. ऐन, २०१३ को दफा ५ को प्रतिबन्धात्मक वाक्यांशमा रहेको “मनासिब माफिकको मौका” भन्ने प्रावधानको पालना भएको भन्न नसकिने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4109वि.सं. २०४७संयुक्त इजलास

परमादेश मिश्रित उत्प्रेषण

(१) ऐनको व्याख्या गर्दा भाषा प्रष्ट छ भने त्यस्को सरल र स्वाभाविक अर्थ जे निस्कन्छ सोही अर्थ गर्नु पर्ने । (प्रकरण नं. २९) (२) के कति कारणले उजूरी आधारहीन ठहरियो सो को कारण समेतको जानकारी दिएको पाईंदैन, यस्तो सूचनालाई कानुन अनुकूलको सूचना भन्न नमिल्ने । (प्रकर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4108वि.सं. २०४७संयुक्त इजलास

खुन डाँका

(१) अदालतबाट बुझिएका सरजमीनका व्यक्तिहरुले प्रतिवादीले बचन दिएको भनी तथ्य साथ किटानी लेखी दिन नसकेकोले तथ्य सबूदको अभावमा प्रतिवादीले ज्यान लिने तर्फ बचन दिएको भन्न नमिल्ने । (प्रकरण नं. २६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4107वि.सं. २०४७संयुक्त इजलास

सम्बन्ध विच्छेद

(१) वादी प्रतिवादीको बयान कागज र प्रतिवादीको सम्पत्ति विवरण श्रोतबाट समेत बाबुको इज्जत आमद अनुसार नाबालकलाई खान लाउन शिक्षा र औषधि उपचार समेतको लागि रु. १५००।– दिलाएको रकम बेमनासिब भन्न नमिल्ने । (प्रकरण नं. १९)

नजिर सार पढ्नुहोस् →