नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4115 · वि.सं. २०४७
नि.नं. 4115 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जाहेरवालाको श्रीमती मृतकसंग प्रतिवादीको लोग्नेको करणी लिनु दिनु हुँदै आएको, वारदातको दिन पनि प्रतिवादीकै सामु सो कृया भइरहेको, सो कार्यबाट असह्य भई तत्काल उठेको रिसको कारण, मृतक उपर फलामे खुर्पाले प्रहार गर्दा मृत्यु हुन गएको देखिन्छ, सो को पुष्टि प्रतिवादीको बयानबाट हुन्छ, यद्यपि मृतकको मृत्यु अन्य कुनै कारणबाट भएको भन्ने कुरा मिसिल संलग्न कागजबाट नखुलेको, मृतकलाई मार्नु नै पर्ने पूर्व नियोजित र मनसाय पूर्ण कार्य प्रतिवादीबाट भए गरेको थियो भन्ने कुरा वादी श्री ५ को सरकारबाट पुष्टि हुन नसकेकोबाट आफ्नो पति परस्त्रीसंग करणी लिइरहेको स्थिति अवस्थामा, नारी असह्य क्रोधित नभई रहन नसक्ने, सोही कारण उठेको रिस थाम्न नसकी, प्रतिवादीले मृतकलाई खुर्पा प्रहार गरी मारेको स्थिति अवस्थामा, दावी बमोजिम नै सजायँ गर्दा न्यायको दृष्टिमा मनासिब पर्न जाने नहुँदा अ.बं. १८८ नं. बमोजिम प्रतिवादीलाई कैद वर्ष ६ को सजायँ हुने । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4115 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2047/03/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४७, नि.नं. 4115 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
