असाधारण अधिकारक्षेत्रअन्तर्गत दायर हुने रिट निवेदनले साधारण अधिकारक्षेत्रअन्तर्गत पेस हुने पुनरावेदनको स्थान ग्रहण गर्न मिल्ने नदेखिने । प्रमाणको मूल्याङ्कनसम्बन्धी विषय वा तजबिजी अधिकारको प्रयोग गर्दा विविध मानवीय दृष्टिकोणमा रहने स्वाभाविक विविधताको कारणबाट…
बल प्रयोग गरी डर, त्रास देखाई वा हतियार देखाई कुनै यातायातको साधनमा वा कुनै ठाउँमा नियन्त्रणमा लिई राखेको वा थुनेको तथ्य प्रमाणित नभएसम्म शरीर बन्धकको कसुरको वारदात स्थापित भएको मान्न नमिल्ने । (प्रकरण नं.२१)
इञ्जिनियरलगायतका प्रशासनिक कर्मचारीले गरेको भ्रष्टाचारको विषयमा अनुसन्धान गर्न संविधान तथा भ्रष्टाचार निवारणसम्बन्धी प्रचलित कानूनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई अधिकार प्रदान गरेको छ । आयोगको अख्तियारप्राप्त कर्मचारीका हैसियतले बाहेक अन्य तबरले प्रहरील…
तल्लो निकायले आफ्नो क्षेत्राधिकारभित्र रहेर गरेको कानूनबमोजिमको आदेश कुनै महामारी वा प्रकोपको कारण देखाई गैरकानूनी भनी बदर गराउन माथिल्लो निकायमा जाने हो भने यस्तो प्रवृत्तिले समाजमा न्यायप्रतिको दृष्टिकोणमा नराम्रो प्रभाव पार्नेसमेत देखिन्छ । साधारण क्षेत्राध…
डाँका चोरी मुद्दामा मिति २०६६।१०।१८ मा फैसला भई लागेको कैद सजाय भोग्नुभन्दा अगावै मिति २०६६।११।२६ मा लागु औषधको कसुर गरेको र सो लागु औषध मुद्दामा मिति २०६८।३।१३ मा फैसला भई कैद र जरिवाना भएको अवस्था हुँदा पहिलो मुद्दामा कैद नबस्दै दोस्रो कसुर अपराध गरेको हुँदा…
जबरजस्ती करणी मुद्दामा पीडितले व्यक्त गरेका कुराहरू कृत्रिम र बनावटी जस्तो देखिएको, अन्य प्रत्यक्ष प्रमाणहरूसँग बाझिएको तथा पीडितको भनाइमा निकै विरोधाभाष भई शंकास्पद देखिएको अवस्थामा बाहेक पीडितको बयानमा सत्यता छ भन्ने अदालतले अनुमान गर्नुपर्ने । (प्रकरण नं.५…
कुनै पनि व्यक्तिलाई पक्राउ गरी निजउपर सुरूमा एउटा कसुरमा अनुसन्धान गर्न थुनामा राखी म्याद थप्दै जाने र सो कसुरमा साधिकार अदालत, निकायमा मुद्दा पनि नचलाउने र अभियुक्तलाई पनि नछाड्ने र सोही अवधि र अवस्थामा नै पुनः अर्को वारदातको कसुरमा भनी थुनामा नै राख्ने, परि…
कुनै समुदायले परम्परादेखि प्रयोग गर्दै आइरहेको ‘थर’ को नेपाली शब्दकोशमा प्रयोग गरिएको शब्दार्थको कारण समग्र जाति तथा समुदायले नै मनौवैज्ञानिक रूपमा ग्लानि, अपहेलित महसुस गर्नुपर्ने अवस्था आउनु सम्मानपूर्वक बाँच्न पाउने संविधान प्रदत्त मौलिक हकको विपरीत हुने ।…
कुनै निवेदन वा लिखतबाट कारबाही सुरू भई त्यस लिखतका आधारमा कसैले कुनै सम्पत्तिमा हकअधिकार (Right) प्राप्त गरेको तथ्यलाई वैध मानी स्वीकार गरी बस्दछ भने सोही आधारमा भएको अरू कार्यलाई पनि निजले स्वीकार गरेको मान्नुपर्ने । (प्रकरण नं.७)
मेडिकल कलेजले आफूलाई तोकिएको विदेशी विद्यार्थी भर्ना लिन पाउने अधिकारभन्दा बढी संख्यामा भर्ना लिने कार्यलाई भविष्यमा वैधानिकता दिन नमिल्ने । (प्रकरण नं.१०)
सरकारी, सार्वजनिक जग्गा सार्वजनिक नै रहन दिनुपर्छ भन्नेमा दुई मत हुन सक्दैन । बढ्दो सहरीकरण, सो कारण सिर्जित वातावरणीय चापबाट पनि नदी क्षेत्र, बहाव क्षेत्र ५-१० वर्षबिच आउने उच्च बाढी हुँदा नदी बग्ने क्षेत्रसमेत नदीको आफ्नो क्षेत्र नै कायम रहनुपर्ने, सो क्षेत…
राजदूतको पदमा निर्वाह गर्नुपर्ने कार्यको प्रकृति हेर्दा उसले तत्काल कायम रहेको सरकारको प्रतिनिधिको रूपमा कार्य गर्ने हो । यही कार्यको प्रकृतिले गर्दा आफ्नो विचारको राजदूतले सही प्रतिनिधित्व गरेको छैन भन्ने लागेमा सरकारले उसलाई फिर्ता पनि गर्न सक्छ । राजदूत पद…
मतलबमा पस्नु भनेको यसको सोझो अर्थ ज्यान मार्ने साझा योजना (Common plan) मा संलग्न रहेको भन्ने नै हो । साझा योजना बनेको छैन, योजना बनेको भए पनि आरोपित व्यक्ति त्यस्तो योजना बनाउनमा संलग्न छैन वा जानकार छैन भने निजको हकमा १७ नं. आकर्षित हुँदैन । ज्यानसम्बन्धीको…