नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10623 · वि.सं. २०७८

नि.नं. 10623 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

मतलबमा पस्नु भनेको यसको सोझो अर्थ ज्यान मार्ने साझा योजना (Common plan) मा संलग्न रहेको भन्ने नै हो । साझा योजना बनेको छैन, योजना बनेको भए पनि आरोपित व्यक्ति त्यस्तो योजना बनाउनमा संलग्न छैन वा जानकार छैन भने निजको हकमा १७ नं. आकर्षित हुँदैन । ज्यानसम्बन्धीको १७ नं. को उपर्युक्त व्यवस्थालाई परम्परागत फौजदारी कानूनको भाषामा व्याख्या गर्दा मतलबमा पस्ने त्यस्तो व्यक्तिले वारदात स्थलमा उपस्थित भई वारदात घटाउन प्रत्यक्ष सहयोग गरेको अवस्थामा निज मुख्यतः दोस्रो तहको मुख्य कसुरदार (Principal in the second degree, or accessory at the fact) र सो नं. को अन्त्यमा "लेखिएदेखि बाहेक अरू किसिमका मतलबीलाई" भन्ने शब्दावली प्रयोग भएबाट त्यस्तो अवस्थामा आरोपित व्यक्ति मतियार (aider, abettor, accessory before/after fact) समेत हुन सक्ने देखिन्छ । अर्को शब्दमा ज्यानसम्बन्धीको १७ नं. मा उल्लिखित "मतलबी" शब्दले दोस्रो तहको मुख्य कसुरदार र मतियार दुवैलाई समेट्ने देखिन्छ । यो "मतलबी" वारदात घटाउने मतलबमा पस्छ, त्यसबारे प्रत्यक्ष जानकारी राख्छ वा सहमति जनाउँछ, घटना घटोस् भनी चाहना राखी निज साझा योजनामा कुनै न कुनै रूपमा सहभागी भएको हुने । (प्रकरण नं.५) जसरी मुख्य कसुरदारको हकमा मनसाय (Mens rea) पत्तालगाउने सन्दर्भमा उसको कार्य (Actus reus) हेरिन्छ, मतियारको हकमा पनि सोही माध्यम प्रयोग गरिन्छ र गरिनुपर्छ । अर्थात् उसले गरेको कार्यको अध्ययनबाट नै उसमा रहेको मनसाय तत्त्व सबैभन्दा भरपर्दो रूपमा पत्ता लगाउन सकिन्छ । आरोपित व्यक्तिले आपराधिक कार्य गर्न जे माध्यम प्रयोग गरेको भए पनि त्यस्तो कार्यले नै उसमा रहेको मनसाय तत्त्वलाई स्पष्ट र प्रकट रूपमा देखाएको हुन्छ भन्ने कुरालाई न्यायको रोहमा ध्यानपूर्वक विचार गरिनुपर्ने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10623
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2076/09/10
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ | माननीय न्यायाधीश श्री कृष्‍णबहादुर थापा | माननीय न्यायाधीश श्री सुशीला कार्की
मुद्दा नं.०७४-NF-००१०
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10623
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्