नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10630 · वि.सं. २०७८
नि.नं. 10630 — बन्दीप्रत्यक्षीकरण
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै पनि व्यक्तिलाई पक्राउ गरी निजउपर सुरूमा एउटा कसुरमा अनुसन्धान गर्न थुनामा राखी म्याद थप्दै जाने र सो कसुरमा साधिकार अदालत, निकायमा मुद्दा पनि नचलाउने र अभियुक्तलाई पनि नछाड्ने र सोही अवधि र अवस्थामा नै पुनः अर्को वारदातको कसुरमा भनी थुनामा नै राख्ने, परिवर्तन गरिएको कसुरमा पनि थुनामा राख्न भनी अदालतबाट म्याद थप पनि नलिने, थुनाबाट छाडेको भन्ने कुनै जानकारी पनि नहुने, नगराउने र अदालत एवम् साधिकार निकायबाट म्याद थप गर्नेलगायतका सबै कानूनबमोजिमका प्रक्रियाहरू पूरा गरी मुद्दा पनि दायर नगर्ने र व्यक्ति थुनामा छ वा छाडिएको छ ? वा निज विरूद्ध मुद्दा दायर गरिएको छ ? त्यसबारे अदालतलाई कुनै पनि जानकारी नहुने र नगराउने व्यवहारको अवस्थालाई सम्बन्धित अनुसन्धान गर्ने निकाय र पदाधिकारीले संविधान र कानूनप्रति धोखा र जालसाजपूर्ण व्यवहार गरेको मानिने । (प्रकरण नं.५) कुनै पनि व्यक्तिले राज्य विरूद्धको जुनसुकै अपराध गरे पनि निजलाई कानूनको प्रक्रिया पूरा गरेर नै पक्राउ गरी अदालत एवम् मुद्दा हेर्ने निकायबाट म्याद थप गरी अदालत एवम् साधिकार निकायमा मुद्दा दायर नगरी सुरूमा जुन कसुरमा पक्राउ गरी म्याद थप गरे पनि पछि सोही अवधिमा पुनः फेरि अर्को कसुरमा पनि अनुसन्धान गरी मुद्दा चलाउन परे सुरूमा पक्राउ गरी म्याद थप गरेदेखि नै गणना हुने गरी पछि थप वा परिवर्तन गरिएको कसुरको प्रकृतिअनुसार म्याद थप गर्न पाउने अवधिभर कानूनबमोजिम र कानूनको प्रक्रिया पूरा गरी कारण र आधार खोली म्याद थप गरी थुनामा राख्नुपर्नेमा कसुर र थुनाको प्रकृति र अवस्था परिवर्तन गर्दै अदालतबाट पनि थुनामा राख्ने म्याद थपको अनुमति नलिई थुनामा नै राखिरहने गरेको कार्यलाई प्रत्यक्षरूपमा नै प्रवृत्त धारणा राखी गरेको कार्य मानिन जाने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10630 |
|---|---|
| मुद्दाको विषय | बन्दीप्रत्यक्षीकरण |
| निर्णय वर्ष / मिति | 2077/02/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री कुमार रेग्मी |
| मुद्दा नं. | ०७६-WH-०३५१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10630 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
