नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10629 · वि.सं. २०७८
नि.नं. 10629 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै समुदायले परम्परादेखि प्रयोग गर्दै आइरहेको ‘थर’ को नेपाली शब्दकोशमा प्रयोग गरिएको शब्दार्थको कारण समग्र जाति तथा समुदायले नै मनौवैज्ञानिक रूपमा ग्लानि, अपहेलित महसुस गर्नुपर्ने अवस्था आउनु सम्मानपूर्वक बाँच्न पाउने संविधान प्रदत्त मौलिक हकको विपरीत हुने । (प्रकरण नं.३) खड्गी समुदायका व्यक्तिहरूलाई राज्यबाट प्रदान गरिएको नागरिकता, पासपोर्ट, शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्रलगायतको सरकारी कागजातहरूमा साबिकमा प्रयुक्त थरहरू कसाई, कसाही, साही, साईको सट्टामा आत्मसम्मानको बोध हुने थरहरू नाय:, सिंह, शाही, खड्गी कायम गराउन यथाशीघ्र आवश्यक कानूनी तथा अन्य व्यवस्थापकीय प्रबन्ध गरी कार्यान्वयन गर्नुपर्ने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10629 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2076/12/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा |
| मुद्दा नं. | ०७३-WO-०१४० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10629 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
