सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल २१८ नजिर अभिलेखमध्ये पृष्ठ ६ / १०

नि.नं. 9194वि.सं. २०७१संयुक्त इजलास

करकाप

§ विवादित तमसुकमा उल्लेख भएको लिखतको मिति हेर्दा २०६० साल फागुन १६ गते रोज १ भनी उल्लेख भएकोमा वास्तवमा उक्त मिति २०६०।११।१६ उक्त लिखतमा उल्लेख भए मुताबिक रोज १ आइतबार नभै रोज ७ शनिबार परेको भन्ने कुरा २०६० सालको पात्रोबाट देखिएकोले तमसुक खडा भएको मितिमा नै सं…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9193वि.सं. २०७१संयुक्त इजलास

उत्प्रेषण/परमादेश

§ मोही को हो भन्ने कुरा नै स्पष्ट गर्न नसक्नेले मोहीबाट यो यस्तो काम भयो भनी भनेको कुरामा भर गर्नु उचित नहुने । (प्रकरण नं. ४) § मोही भागे बेपत्ता भएको निवेदनमात्र परेको सो भन्दा पहिले जग्गाधनीले मोहीहरूले जग्गा नजोती आफैंले जग्गा जोतेको भन्ने आधारमा लगत कट्टा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9192वि.सं. २०७१संयुक्त इजलास

अबन्डा जग्गा बन्डा गरी पाऊँ

§ वादीहरूले प्रतिवादीहरूसमेतउपर दिएको धर्मलोप मुद्दाको फिरादपत्रमा हामीसमेतको हक लाग्ने जग्गाहरू निजी गुठी सञ्चालन गरी आएका थियौं भनी प्रष्ट उल्लेख गरेबाट र केही जग्गा संयुक्त दर्ता गरी सट्टापट्टासमेत गरेबाट गुठी जग्गाको बारेमा वादीहरूलाई मौकैदेखि यावत कुराको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9191वि.सं. २०७१संयुक्त इजलास

कर्तव्य ज्यान

§ मृतकको शरीरको नाजुक भागमा जोखिमी हतियार खुकुरीले पटकपटक प्रहार गर्दा मानिस मर्ने कुरा एकदम निश्चित कुरा भएकाले यस्तो परिणाम हुने कार्यको जानकारी हुँदाहुँदै सो गर्नु मनसायभित्रै पर्ने कुरा भएको र गम्भीर घाचोट serious injury पार्ने मनसायका साथ भएको प्रहारबाट म…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9190वि.सं. २०७१संयुक्त इजलास

उत्प्रेषण/परमादेश

§ घर वा कार्यालयको ठेगान नभएको व्यक्तिको हकमा भने सम्भवतः राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचनाले पनि प्राकृतिक न्यायको सिद्धान्तलाई अनुशरण गरेको मान्न सकिएला तर यस मुद्दामा विपक्षी कार्यालय स्वयम्‍ ले निवेदकहरूको कार्यालयमा पत्राचार गरेको कुरा पत्रबाट खुल्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9189वि.सं. २०७१संयुक्त इजलास

सम्बन्ध विच्छेद अंशसमेत

§ अंश प्राप्त गर्नेले कानूनले निर्धारण गरेबमोजिम अंश पाएको हुनुपर्छ । सगोलको सम्पत्ति हस्तान्तरण गर्ने वा घटी बढी गर्ने गरी खडाभएको लिखतमा सम्बन्धित अंशियारको समेत मन्जुरी भएको अवस्थामा मात्र त्यस्तो लिखत निजको विरूद्धमा लागू हुन सक्ने हुन्छ । अंशियारको मन्जुर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9188वि.सं. २०७१संयुक्त इजलास

कर्तव्य ज्यान

§ प्रतिवादीको कार्य निरन्तर नभई पहिले हातले घाँटी थिचेको पछि हँसिया झिकेर तार काटेको त्यसपछि मात्र मृतकको घाँटीमा बेरी कसेको देखिएको वारदात मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. बमोजिम निर्धारित तत्कालको आवेश प्रेरित हत्याको वर्गमा पर्न नसक्ने । (प्रकरण नं.…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9187वि.सं. २०७१संयुक्त इजलास

उत्प्रेषण

§ नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०२(५) उल्लेख गरी प्रस्तुत निवेदन दायर गरेको देखिन्छ । संविधानको सो धारामा भएको व्यवस्था हेर्दा “सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको अतिरिक्त बढीमा चौधजनासम्म अन्य न्यायाधीशहरू रहनेछन् । कुनै समयमा सर्वोच्च अदालतमा मुद्दा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9186वि.सं. २०७१संयुक्त इजलास

जबर्जस्ती करणी

§ नाबालिका बच्चीको योनीमा आफ्नो लिङ्ग रगडेर योनीमै वीर्य स्खलन गरी यौन आनन्द लिएको अवस्थामा सानो बच्चाको अविकसित योनीमा वयस्क मानिसको उत्तेजित लिङ्ग पूरा प्रवेश हुन नसकेको कारणले मात्रै उद्योग ठहर्‍याउनेतर्फ नतिजामा पुग्दा विधायिकाले जबर्जस्ती करणीको महलले पीड…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9185वि.सं. २०७१संयुक्त इजलास

उत्प्रेषण

§ कुनै फैसलाबाट कुनै लिखत दर्ता बदर भई लिखतवालाको हक छुटिसकेको अवस्थामा उक्त फैसला बदर नभएसम्म लिखतवालाको हक पूर्ववत्‍ यथावत् रही रहन्छ भन्न मिल्दैन । त्यस्तो बदर भइसकेको लिखत र हक टुटिसकेका व्यक्तिले सोही बदर भएको लिखतको आधारमा हक टुटिसकेको सम्पत्ति कसैलाई हस…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9184वि.सं. २०७१संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

§ विधायिकाले स्पष्टरूपमा कुनै मुद्दाबाट कैद सजाय भएकोमा थुनामा नरहेकोले अर्को कसुर गरेमा थप कैद ठेक्नुपर्ने गरी कानूनी व्यवस्था गरेको देखिइरहेकै अवस्था छ । सोको अतिरिक्त पछिल्लो मुद्दाबाट सफाइ पाइरहेको अवस्थामा सफाइ पाउने फैसलाले लगत कायम नगर्ने हुँदा पहिले नै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9183वि.सं. २०७१संयुक्त इजलास

भ्रष्टाचार

§ आर्थिक कारोबार गर्ने बैङ्क तथा वित्तीय संस्थामा कार्यरत्‍ प्रबन्धक (कार्यालय प्रमुख) आफ्नो काम कर्तव्य र जिम्मेवारीप्रति सचेत रहनुपर्ने कुरामा विवाद छैन । बैङ्कको नगद मौज्दात, नोटकोष लगायतका कोषको संरक्षणको मुख्य जिम्मेवारीमा रहेको प्रबन्धकले बिदामा बस्दा वा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9182वि.सं. २०७१संयुक्त इजलास

अंश

§ पुनरावेदनपत्रमा कुनै रीत नपुगेको भएमा पक्षलाई जानकारी गराई मौकामा दरपीठ गरी फिर्ता दिनुपर्नेमा सो प्रक्रिया अवलम्बन नगरी पुनरावेदनपत्र स्वीकार गरी दर्ता गर्नुका साथै पक्षलाई तारिखमा राखी कारवाही अगाडि बढाएको मिसिलबाट देखिन्छ । अदालतले पुनरावेदन दस्तुर मात्र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9181वि.सं. २०७१संयुक्त इजलास

अंश

§ प्रतिवादी बनाइएकी पियारिया देवीलाई बुझी प्रतिवादी पार्वतीदेवीका छोराहरू जितेन्द्र, उपेन्द्र र लोकेन्द्रसमेतलाई प्रतिवादी कायम गरिएको भए पनि निजहरूसँग तायदाती मागिएको नदेखिएको र यस्तै वादीकी आमा कलावती र दाजु भाइहरूसमेतसँग फाँटवारी मागिएको नदेखिनाले स्व. लालब…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9180वि.सं. २०७१संयुक्त इजलास

बाटो कायम गरी पाऊँ

§ बन्डापत्रको छायाँप्रतिमा समेत सबै अंशियारहरूलाई आआफ्नो जग्गामा परेको जग्गामा आवतजावत गर्न सम्पूर्ण जग्गाको पूर्वतर्फबाट उत्तर आउने पर्खाल दक्षिण मूल सडक जग्गा ९ फिट चौडाको साझा बाटो भन्नेसमेत व्यहोरा उल्लेख गरी बन्डापत्रमा सो बाटोको अवस्थिति जनाएको अवस्थामा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9178वि.सं. २०७१संयुक्त इजलास

उत्प्रेषण

§ विभागीय कारवाही भएको प्रहरी कर्मचारी स्वयम्‍ले चाहेको वा रोजेको सजाय मात्र गरिनुपर्ने जिकिर लिनुको कुनै कानूनी आधार रहेको देखाउन सकेको नहुनाले सजाय गर्न पाउने अधिकार भएको अधिकारीले प्रहरी नियमावलीमा तोकिएको अनेक सजायमध्ये अवस्था अनुसार कुनै पनि सजाय गर्न सक्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9177वि.सं. २०७१संयुक्त इजलास

लेनदेन

§ कारोबार भएको मितिबाट ५ महिनाभित्रै अर्थात् मिति २०६३।८।२६ मा फिराद दर्ता भएको देखिएको अवस्थामा वादीले फिरादमा हदम्यादको सम्बन्धमा लेनदेन व्यवहारको २ नं. को दावी लिएको भए पनि लेनदेन व्यवहारको महलको ४० नं. को हदम्याद नाघेको भन्ने अवस्था नदेखिएको र त्यत्तिकै का…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9176वि.सं. २०७१संयुक्त इजलास

उत्प्रेषण/परमादेश

§ रिट निवेदक परियोजना र विपक्षी ठेकेदार कम्पनीबीच भएको सम्झौताबमोजिमको कार्य सम्पन्न भएको भनी परियोजनाको तर्फबाट प्रमाणपत्र दिइसकेपछि सम्झौताबमोजिमको कार्य सम्पन्न भइसकेको मान्नुपर्ने हुन्छ । परियोजनाले तोकिदिएको समयावधिभित्रै विपक्षी कम्पनीले कार्य सम्पन्न गर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9175वि.सं. २०७१संयुक्त इजलास

उत्प्रेषण/परमादेश

§ वादीले दिएको फिरादपत्र जिल्ला अदालतबाट प्रकाशित सूचना म्यादमा निवेदकको ठेगाना मकवानपुर जिल्ला, हेटौंडा नगरपालिका वडा नं. ८ पशुपतिनगर भनी उल्लेख गरिएको देखिन्छ । तर निवेदकले निवेदनमा आफ्नो ठेगाना ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. २२ तपाहिती भनी उ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9174वि.सं. २०७१विशेष इजलास

उत्प्रेषण

§ संविधानमा उल्लेख भएको कुरालाई निवेदकलगायत सबैले स्वीकार गर्नुपर्दछ र संवैधानिक प्रावधानमा चित्त नबुझेमा सार्वभौम संसदले संविधान संशोधनको निर्धारित माध्यमबाट मात्र संविधानका विषयवस्तुमा संशोधन गर्न सकिने हुन्छ । यस अदालतबाट संविधानका व्यवस्थाहरूको न्यायिक परी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9173वि.सं. २०७१संयुक्त इजलास

सवारी ज्यान

§ प्रतिवादीले मानिस मर्न सक्छ भन्ने जानी जानी लापरवाही साथ जीप चलाएको कारणले दुर्घटना भई मृतकको मृत्यु भएको पुष्टि हुन नसकेको अवस्थामा दुर्घटना भएपछि प्रतिवादीले मृतकलाई बचाउन आफ्नो कर्तव्य निर्वाह नगरी भागेको भन्ने आधारमा मात्र सवारी तथा यातायात व्यवस्था ऐन,…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9172वि.सं. २०७१संयुक्त इजलास

नकबजनी चोरी

प्रमाण ऐन, २०३१ को दफा १८ को कानूनी व्यवस्था अनुसार अदालतसमक्ष परीक्षण नभएको साक्षी प्रमाणलाई प्रमाणको रूपमा ग्रहण गरी त्यस्तो प्रमाणलाई आधार बनाई फौजदारी अपराधमा कसुर ठहर्‍याउन नमिल्ने । अदालतसमक्ष उपस्थित भै परीक्षण नै नभएको साक्षी प्रमाणको अभावमा अधिकारप्रा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9171वि.सं. २०७१संयुक्त इजलास

उत्प्रेषण/परमादेश

§ निवेदकलाई भएको भनिएको विभागीय सजाय अब कायम नरहेको र कानूनबमोजिम छनौट भई पदस्थापन पनि भै सकेको व्यक्तिलाई पूर्ववत्‍ अवस्थामा काम गर्न दिनुपर्नेमा उक्त विज्ञापित पदमा निज निवेदकको उम्मेद्‍वारी तत्काल कायम नरहेको अर्थ गरी निवेदकले पाइसकेको शाखा अधिकृत पदको नियु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9171वि.सं. २०७१संयुक्त इजलास

लेनदेन

§ सुरू अदालतको फैसला सदर हुन्छ र प्रतिवादीलाई जरिवाना, कैद गरी ठहर गरिँदैन त्यस्तो अवस्थामा न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) आकर्षित हुने स्थिति रहँदैन । पुनरावेदन अदालतको फैसलामा प्रतिवादीलाई पुनरावेदनको म्याद दिने भनी उल्लेख गरिएतर्फ विचार गर्दा कानूनमा…

नजिर सार पढ्नुहोस् →