नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9177 · वि.सं. २०७१
नि.नं. 9177 — लेनदेन
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कारोबार भएको मितिबाट ५ महिनाभित्रै अर्थात् मिति २०६३।८।२६ मा फिराद दर्ता भएको देखिएको अवस्थामा वादीले फिरादमा हदम्यादको सम्बन्धमा लेनदेन व्यवहारको २ नं. को दावी लिएको भए पनि लेनदेन व्यवहारको महलको ४० नं. को हदम्याद नाघेको भन्ने अवस्था नदेखिएको र त्यत्तिकै कारणले कानूनले लाग्ने हदम्यादभित्र फिराद परेको कुराको अनदेखा गर्न मिल्दैन । तसर्थ उक्त हदम्याद आकर्षित भै फिराद हदम्यादभित्रै पर्न आएको मान्नुपर्ने । (प्रकरण नं. ४) § दशवर्षको अन्तरालमा भएका हस्ताक्षरहरूमा सही गर्ने आदतमा परिवर्तन हुँदै जाने सम्भावनालाई इन्कार गर्न सकिदैन । पुनरावेदकले अदालतसमक्ष दिएको नमूना नियतवश बिगारेर दिएकाले अन्यत्र लेखेको सहीछापलाई भिडाउन परेको भन्ने मिसिल संलग्न कागजातहरूबाट देखिँदा पनि हस्ताक्षर जाँचको लागि लिएको नमूना र कारोबार गर्दा स्वभाविकरूपमा परेको सहीछाप हुबहु मिलेकै हुनुपर्छ भनी अदालतले भन्न नमिल्ने । (प्रकरण नं. ५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9177 |
|---|---|
| मुद्दाको विषय | लेनदेन |
| निर्णय वर्ष / मिति | 2070/05/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाश वस्ती |
| मुद्दा नं. | ०६७-CI-०५८६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७१, नि.नं. 9177 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
