नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9181 · वि.सं. २०७१
नि.नं. 9181 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रतिवादी बनाइएकी पियारिया देवीलाई बुझी प्रतिवादी पार्वतीदेवीका छोराहरू जितेन्द्र, उपेन्द्र र लोकेन्द्रसमेतलाई प्रतिवादी कायम गरिएको भए पनि निजहरूसँग तायदाती मागिएको नदेखिएको र यस्तै वादीकी आमा कलावती र दाजु भाइहरूसमेतसँग फाँटवारी मागिएको नदेखिनाले स्व. लालबाबुकी पत्नी पार्वतीदेवीबाट अंश पाउने भनी ठहर गरेपछि निजका छोराहरू जितेन्द्र, उपेन्द्र र लोकेन्द्रबाटसमेत र वादीकी आमा कलावती र वादीका अन्य दाजुभाइहरू मोहन, सोहन र महेन्द्रलाईसमेत मुलुकी ऐन, अ.बं. १३९ नं. बमोजिम नबुझेको भए बुझी निजहरूसमेत सगोलका अंशियार हुन् होइनन् यकिन गरी न्यायिक निरूपण गर्नुपर्नेमा सोबमोजिम बुझ्नुपर्ने प्रमाण बुझ्दै नबुझी भएको पुनरावेदन अदालत, हेटौंडाको फैसलामा प्रमाणको मूल्याङ्कनको रोहबाट त्रुटिपूर्ण देखिँदा बदर हुने । (प्रकरण नं. २)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9181 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2071/03/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल | माननीय न्यायाधीश श्री देवेन्द्रगोपाल श्रेष्ठ |
| मुद्दा नं. | ०६७-CI-००१२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७१, नि.नं. 9181 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
