नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9188 · वि.सं. २०७१

नि.नं. 9188 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिवादीको कार्य निरन्तर नभई पहिले हातले घाँटी थिचेको पछि हँसिया झिकेर तार काटेको त्यसपछि मात्र मृतकको घाँटीमा बेरी कसेको देखिएको वारदात मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं. बमोजिम निर्धारित तत्कालको आवेश प्रेरित हत्याको वर्गमा पर्न नसक्ने । (प्रकरण नं. ४) § वारदात हुँदा प्रतिवादी पूर्व रिसइबि लिई अथवा पूर्व मनसाय लिई मृतकको घरमा गएको अवस्था नदेखिएको, मृतकले नै बोलाएर यी प्रतिवादी मृतकको घरमा गएको देखिएको, निजले अनुसन्धानको क्रममा अनुसन्धान अधिकारीलाई सहयोग गरेको देखिएको, घटनाको वस्तुस्थिति, घटना घट्दाको समग्र परिस्थिति तथा वारदात हुँदा प्रतिवादीको उमेरसमेतलाई विचार गर्दा निज प्रतिवादीलाई ऐनबमोजिम हुने हदैसम्मको सजाय गर्दा चर्को हुने देखिएको र मुलुकी ऐन अ.बं.१८८ नं. बमोजिम १५ वर्ष कैद गर्दा न्यायको उद्देश्यसमेत परिपूर्ति हुने । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9188
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2071/02/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोपाल पराजुली | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज
मुद्दा नं.०६६-CR-०८०२
उद्धरण सन्दर्भने.का.प. २०७१, नि.नं. 9188
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्