नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9172 · वि.सं. २०७१
नि.नं. 9172 — नकबजनी चोरी
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रमाण ऐन, २०३१ को दफा १८ को कानूनी व्यवस्था अनुसार अदालतसमक्ष परीक्षण नभएको साक्षी प्रमाणलाई प्रमाणको रूपमा ग्रहण गरी त्यस्तो प्रमाणलाई आधार बनाई फौजदारी अपराधमा कसुर ठहर्याउन नमिल्ने । अदालतसमक्ष उपस्थित भै परीक्षण नै नभएको साक्षी प्रमाणको अभावमा अधिकारप्राप्त अधिकारीसमक्ष भएको साबिती बयान र बरामदी मुचुल्काको आधारमा मात्र यी प्रतिवादीहरूलाई दोषी मानी आपराधिक दायित्व बहन गराउनु फौजदारी न्यायको सिद्धान्तसमेतको प्रतिकूल हुन जाने । (प्रकरण नं.४) प्रतिवादीहरूले अभियोग माग दावीबमोजिमको कसुर गरेको कुराको पुष्ट्याइँ वादी पक्षले ठोसरूपमा गराउन सकेको नदेखिएकोले शङ्काको सुविधा प्रतिवादीहरूले पाउने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9172 |
|---|---|
| मुद्दाको विषय | नकबजनी चोरी |
| निर्णय वर्ष / मिति | 2071/03/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री देवेन्द्रगोपाल श्रेष्ठ |
| मुद्दा नं. | ०६८-CR-०१३४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७१, नि.नं. 9172 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
